३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नागढुङ्गा–मुग्लिन सडकले मुहर फेर्दै, छ लेनको बन्दै

नागढुङ्गा–मुग्लिन सडकले मुहर फेर्दै, छ लेनको बन्दै
अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”

आगामी महिना बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताउँदै उनले आवश्यक पूर्वतयारी पूरा गरेर मात्र निर्माण सम्झौता र ऋण सम्झौता एकैसाथ गरिने मौखिक समझदारी विश्व बैङ्कसँग भएको जानकारी महाशाखा प्रमुख थापाले दिए । सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । करिब १६ अर्ब रुपियाँँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ ।

चौडाइ छ लेनसम्म
नागढुङ्गादेखि मुग्लिनसम्म करिब ९६ किलोमिटर दूरी रहेको यो सडकखण्डको चौडाइ दुईदेखि छ लेनसम्म हुनेछ । भीरपहरा भएको ठाउँमा दुई लेनको, समतल र बस्ती तथा बजार क्षेत्रमा छ लेनको बनाइने बताउँदै उहाँले भन्नुभयो, “यस सडकखण्डको करिब आधा तीन लेन र नौ किलोमिटर जति चार लेनको हुनेछ ।”

बाइसवटा नयाँ पुल
यस सडकखण्डमा चार लेनका २२ वटा नयाँ पुल निर्माण गरिने जानकारीसमेत उनले दिने । उनका अनुसार दसवटा आकाशे पुल निर्माण गरिनेछ ।

सहायक मार्ग पनि
नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गदेखि धादिङको धार्केसम्म करिब ११ किलोमिटरको सहायक मार्ग निर्माण गरिने जानकारी उनले दिए । त्यसका लागि करिब तीन अर्ब रुपियाँ अतिरिक्त लागत लाग्नेछ ।

त्रिशूली पारिपट्टि पनि सडक
नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि त्रिशूली नदीको पारिपट्टि पनि सडक निर्माण सुरु भएको सडक विभागले जनाएको छ । विकट भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको पृथ्वी राजमार्गको समान्तरमा फिस्लिङदेखि विशालटारम्म त्रिशूलीपारि दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।

यस सडकबाट दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने पृथ्वी राजमार्गको यस खण्डलाई अब विस्तार गर्न आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ । गोरखापत्र दैनिकबाट