काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको छ । दियालो फुडल्यान्ड विक्रम मार्ग भरतपुर–२ बैठक सुरु भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ।
रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ ।











