१५ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाएर ल्याउदै गरेको चाँदी सहित एकजना पक्राउ



अ+ अ-

हेटौँडा । प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।