१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

सराङ्कोटमा एक घर एक धारा

सराङ्कोटमा एक घर एक धारा
अ अ+ अ-

कास्की । खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव हुँदा पर्यटकलाईसमेत असुविधा भएको अवस्थामा समस्या समाधानका लागि गत वर्ष तीन योजना शुरु गरिएको थियो । त्यसमध्ये एक सम्पन्न भएको र बाँकी दुई यसै वर्षभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन्छ ।

प्रदेश सरकारको रु एक करोडको लागतमा स्याउदे लिफ्टिङ योजना सम्पन्न भएर ९२ घरधुरीमा गत साउनदेखि धारामा पानी आउन शुरु भएको र तोरीपानी बोरिङ योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

तोरीपानीका लागि प्रदेश सरकारले रु दुई करोड लगानी गरेको बताइन्छ । यस योजना सम्पन्न भएपछि १९२ धरधुरी लाभान्वित हुनेछन् । त्यसैगरि सराङकोटको सबैभन्दा ठूलो बूढीमूल लिफ्टिङ खानेपानी योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन भएको र योजना सकिएपछि ४०० घरधुरीमा धारा पुग्ने बताइएको छ ।

पानीको स्रोत रहेको बूढीमूलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा रिजर्भ वायर ट्याङ्की र वितरण च्याम्बरमार्फत घरघरमा पिउने पानी पु¥याउने रहेको सो खानेपानी योजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताउनुभयो ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की निर्माण सम्पन्न भएको छ । घर घरमा पानी वितरणका लागि दुई वटा ३० हजार लिटर क्षमता वितरण ट्याङकी निर्माण गर्न बाँकी रहेको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।

उहाँले हालसम्म २५० घरमा धारा जडान गरिसकिएको बताउँदै यसै वर्षभित्रमा योजनाले समेट्ने सबै घरमा धारा जडान गरेर पानी वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । बूढीमूल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु ९९ लाख ७० हजार तथा चालू वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी महानगरले गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकार स्थापनापछि खानेपानी योजनामार्फत सराङकोटले लाभ लिएको बताउँदै वडाध्यक्ष थापाले भन्नुभयो,“प्रदेश सरकार यहाँका जनताका लागि बरदान सावित भएको छ । सरकार स्थापनाको पहिलो वर्षमानै यहाँका सांसद रामजी बरालमार्फत तीन वटा योजना पेश गरिएकोमा सबै योजना बजेटमा परेर यसैवर्ष काम सम्पन्न हुने चरणमा छ ।”