१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सराङ्कोटमा एक घर एक धारा



अ+ अ-

कास्की । खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव हुँदा पर्यटकलाईसमेत असुविधा भएको अवस्थामा समस्या समाधानका लागि गत वर्ष तीन योजना शुरु गरिएको थियो । त्यसमध्ये एक सम्पन्न भएको र बाँकी दुई यसै वर्षभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन्छ ।

प्रदेश सरकारको रु एक करोडको लागतमा स्याउदे लिफ्टिङ योजना सम्पन्न भएर ९२ घरधुरीमा गत साउनदेखि धारामा पानी आउन शुरु भएको र तोरीपानी बोरिङ योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

तोरीपानीका लागि प्रदेश सरकारले रु दुई करोड लगानी गरेको बताइन्छ । यस योजना सम्पन्न भएपछि १९२ धरधुरी लाभान्वित हुनेछन् । त्यसैगरि सराङकोटको सबैभन्दा ठूलो बूढीमूल लिफ्टिङ खानेपानी योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन भएको र योजना सकिएपछि ४०० घरधुरीमा धारा पुग्ने बताइएको छ ।

पानीको स्रोत रहेको बूढीमूलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा रिजर्भ वायर ट्याङ्की र वितरण च्याम्बरमार्फत घरघरमा पिउने पानी पु¥याउने रहेको सो खानेपानी योजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताउनुभयो ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की निर्माण सम्पन्न भएको छ । घर घरमा पानी वितरणका लागि दुई वटा ३० हजार लिटर क्षमता वितरण ट्याङकी निर्माण गर्न बाँकी रहेको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।

उहाँले हालसम्म २५० घरमा धारा जडान गरिसकिएको बताउँदै यसै वर्षभित्रमा योजनाले समेट्ने सबै घरमा धारा जडान गरेर पानी वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । बूढीमूल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु ९९ लाख ७० हजार तथा चालू वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी महानगरले गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकार स्थापनापछि खानेपानी योजनामार्फत सराङकोटले लाभ लिएको बताउँदै वडाध्यक्ष थापाले भन्नुभयो,“प्रदेश सरकार यहाँका जनताका लागि बरदान सावित भएको छ । सरकार स्थापनाको पहिलो वर्षमानै यहाँका सांसद रामजी बरालमार्फत तीन वटा योजना पेश गरिएकोमा सबै योजना बजेटमा परेर यसैवर्ष काम सम्पन्न हुने चरणमा छ ।”