१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

संरक्षणको पर्खाइमा कमल पोखरी ताल

संरक्षणको पर्खाइमा कमल पोखरी ताल
अ अ+ अ-

दाङ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरी ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गथ्र्यो यो तालले । सो तालको अहिले उचित संरक्षण नहुँदा संरक्षणको पर्खाइमा रहेको हो । ताल क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउने गर्दछन् । तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय रुपमा विकास गर्नुुपर्ने सुझाव दिएर फर्केने गरेका छन् ताल हेर्न पुग्नेहरु ।

करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँघुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने जलकुम्भी झारले समेत ढाकेको छ । पहिले साढे पाँच फिट गहिरो रहेको सो ताल अहिले डेढ फिटमात्र गहिरो छ । करीब ९० वर्षभन्दा पनि पहिले निर्माण गरिएको सो कमल पोखरी तालको संरक्षण स्थानीयले गर्दै आएका छन् । तर, बजेट अभावका कारण ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भने सकेका छैनन् ।

पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका समाजसेवी तथा तुलसीपुर नगरपालिका–६ रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।” उहाँ थप्नुहुन्छ, “यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका छौँ तर सरकारी निकायबाट खासै पहल गरिएको छैन ।”

तुलसीपुर उपमहानगरपालिकाले गत साल यस आर्थिक वर्षमा बजेट छुट्याउने जनाएपनि बजेट नै नुछुट्याएको भन्दै उहाँले निकै दुःख लागेको बताउनुभयो । सोही ठाउँ निवासी ४८ वर्षीया सुशीला भट्टराईले ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारसँग माग गर्नुभयो । उहाँ भन्नुहुन्छ, “झण्डै शताब्दी पुरानो इतिहास बोकेको पोखरीको संरक्षण नहुँदा अहिले त्यस क्षेत्रको जग्गाअतिक्रमण हुने डर रहेको छ ।” तुलसीपुर उपमहानगरपालिका–६ रजौरे नवासी ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेरिने बताउनुभयो ।

स्थानीय कमल पोखरी टोल विकास संस्थाका सदस्य शालिकराम रजौरेले कमल पोखरीको उचित संरक्षण गर्नेको लागि सबैले पहल गर्नुपर्ने बताउनुहुन्छ । उहाँले नागरिकको अथक श्रमदानले नै पोखरीलाई बचाई राखेको र यसमा सरकारले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । टोल विकास संस्थाका सदस्य रजौरेले तालको संरक्षण गरी यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, सुरक्षाको लागि तालको छेउछेउमा पर्खाल लगाउने, त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई पोखरी नजिकै बस्नको लागि सेट निर्माण गर्ने तथा पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले कमलपोखरी तालको उचित संरक्षण गर्न आफू लाग्ने बताउनुभएको छ । उहाँले यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आफूले वडाबाट बजेट विनियोजन गरी गुरुयोजना निर्माण गरी प्रदेश सरकारबाट बजेट माग गरे पनि पर्न नसकेको स्वीकार गर्दै आफूले वडाको केही रकमबाट यस आवमा सो पोखरीमा पुरिएको माटो निकाल्ने बताउनुभयो ।

यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । ९० वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्री गाउँलगायतका गाउँका गाईबस्तुलाई गर्मीयाममा पानी खुवाउनको लागि आफैँ श्रमदान गरी खाडल खनी मानव निर्मित जल भण्डारणको रुपमा राख्ने कार्य गरेका थिए । तर, त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउन, कपडा धुन र भाडाकुँडा सफा गर्न सोही पानी प्रयोग गर्ने गरेको त्यहाँका थारु अगुवा सीताराम चौधरीले बताउनुभयो । “त्यसैलाई पछि पोखरीमा परिणत गरिएको हो”, चौधरी भन्नुहुन्छ ।

सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । कमलफूल हेर्न र टिप्नको लागि गाउँगाउँबाट मानिस आउने गर्दथँे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको र अहिले पनि सोहि नामबाट परिचित रहेको छ । सो कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट करीब ५०० मिटर पश्चिममा पर्दछ ।