१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

विद्यार्थी टिकाउन धौ-धौ, नियमित विद्यालय जाँदैनन् बालबालिका

विद्यार्थी टिकाउन धौ-धौ, नियमित विद्यालय जाँदैनन् बालबालिका
अ अ+ अ-

बेझाड । भौगोलिक भूबनोटका हिसाबले रामपुर नगरपालिका जिल्लाकै समथर भूभाग हो । शहरीकरणतर्फ उन्मुख यस नगरपालिकाभित्रै रहेका कुमाल समुदायका कतिपय बालबालिका अझै नियमितरुपमा विद्यालय जाँदैनन् ।

नगरपालिकाको केन्द्र नजिकैको वडा नं ६ स्थित नवदुर्गा माविमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । यहाँ ३३६ विद्यार्थीमध्ये करीब ७४ प्रतिशत विद्यार्थी सोही समुदायका छन् । कुमाल समुदायकै बस्तीमा विद्यालय सञ्चालनमा भएपनि नियमितरुपमा विद्यालयमा विद्यार्थी टिकाउन धौधौ भएको विद्यालयले जनाएको छ ।

ईश्वरी कुमाल उमेरले १७ वर्ष हुनुभयो । उहाँ कक्षा ९ मा पढ्दै गर्दा गत वर्षदेखि नै विद्यालयबीचमै छाडेर घरमै बस्ने गर्नुहुन्छ । उहाँलाई विद्यालय जान भन्दा घरमै काम गर्न मन पर्छ । “विद्यालयमा पढ्नभन्दा घरमै बस्नै आनन्द लाग्ने गर्छ, घरमा बुबाआमाले विद्यालय जान अनुरोध गर्नुहुन्छ तर मलाई पढ्ने रहर नै छैन”, उहाँले भन्नुभयो ।

उहाँकी आमा राधिका कुमाल आफूले नपढ्दा जीवनभर दुःख पाएको हुँदा छोराछोरीलाई विद्यालय पढाउन कोसिस गर्दा पनि विद्यालय जानै नमानेको गुनासो गर्नुहुन्छ । “मैले अक्षर चिन्न सकिन, दुःख गरेर छोराछोरी पढाउन खोजेको विद्यालय जानै मान्दैनन्, घरको काममा पनि लगाइएको छैन”, उहाँका तीन छोरी र दुई छोरा छन् । तीमध्ये अहिले विद्यालय जाने तीन जना मात्र छन् ।

“जेठी छोरीको विद्यालय पढ्दै गर्दा बिहे भयो, माइलीले कक्षा ९ मै विद्यालय छाडिन्, जेठो छोरो अहिले दश कक्षामा पढ्छ तर उ पनि नियमित विद्यालय जाँदैन, महीनामा बढीमा तीन चार दिनसम्म मात्र विद्यालय जान्छ”, सन्ततीको भविष्यप्रति चिन्तित बन्दै उहाँले भन्नुभयो, “अरु दुई जना सानामध्येका भने नियमित गएकै छन् अहिलेसम्म ।” स्कूल पोशाक, कापी कलम आवश्यक सामग्रीको बन्दोवस्त गरे पनि विद्यालय जान नमान्ने गरेको उहाँको भनाइ थियो ।

देवकी कुमालका छोरा सन्तोष कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । उहाँ उमेरले १७ वर्ष हुनुभयो । महीनामा बढीमा चार देखि पाँच दिनसम्म विद्यालय गएको बताउँदै उहाँले भन्नुभयो, “साथीहरु पनि विद्यालय जाँदैनन्, म पनि विद्यालय छाडेर साथीभाइसँग कहिले घुम्न, खेल्न जाने गरेर समय बिताउने गरेको छु ।”

देवकीका पाँच सन्तानमध्ये चार छोरी र एक छोरा छन् । “छोरीहरु विद्यालय जान्छन् तर छोरालाई विद्यालय पठाउनै सकिएन, भनेको मान्दैन,”, उहाँले भन्नुभयो । पटकपटक घरमा पुगेर विद्यार्थीलाई विद्यालय आउन आग्रह गर्दा पनि विद्यालय नियमित ल्याउन नसकिएको कक्षा १० का कक्षा शिक्षक दीपेन्द्र भट्टराई बताउनुहुन्छ ।

यस वर्ष एसइई दिने भएको हुँदा बिहान साँझ ट्युसन लिन र दिउँसो नियमित विद्यालय आउन घरमै पुगेर विद्यालयका प्रअ, कक्षा शिक्षक, व्यवस्थापन समितिले अभिभावक भेटघाट, विद्यार्थी भेटघाट गरी सम्झाउने बुझाउने गरेपनि नियमितता गराउन सकिएको छैन । विद्यालयले स्कूल पोशाक, शैक्षिक सामग्रीको प्रबन्ध गरे पनि उनीहरु नै पढाइप्रति चासो नै नदिएको प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।

कतिपय अभिभावकले घरायसी कामकाजमा लगाएर नियमित विद्यालय नजाने गरेका छन् भने कतिपय आफुखुशी पढ्न मन नलागेर नजाने गरेको विद्यार्थीको भनाइ छ । अशिक्षा, गरिवी र पुरानो सोचका कारण गाउँमै विद्यालय सञ्चालन भएपनि नियमित जाने बानी उनीहरुमा छैन ।

रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्र कुमाल समुदायले ढाकेको छ । यहाँ करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । यो क्षेत्र नगरपालिकाको केन्द्रबाट नजिकै पर्छ । पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती छ । यहाँ करीब छ हजारको हाराहारीमा कुमाल समुदायको बसोबास पाइएको छ ।