१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी

अ+ अ-

काठमाडौं । नेपाल सरकारले प्रहरीको पोसाक खरिद प्रणालीमा परिवर्तन गर्दै अब नगद उपलब्ध गराउने व्यवस्था गर्ने तयारी गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बिहीबारको बैठकमा जानकारी दिँदै हालसम्म टेन्डरमार्फत एकीकृत रूपमा पोसाक खरिद हुँदै आएको प्रणालीमा अनियमितता र भ्रष्टाचारको सम्भावना देखिएको बताए । उनका अनुसार सो प्रक्रिया हटाएर प्रहरीलाई प्रत्यक्ष रूपमा पोसाक खर्च नगदमै उपलब्ध गराउने विकल्प अघि सारिएको छ ।

टेन्डर प्रक्रियामा देखिएको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउन लागिएको सरकारको भनाइ छ । नयाँ प्रणाली लागू भएमा प्रहरी कर्मचारीले तोकिएको पोसाक खर्च रकम आफैंले प्रयोग गरी आवश्यक पोसाक खरिद गर्न सक्नेछन् ।

सरकारले यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक अध्ययन तथा प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।