४ असार २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीको तर्फबाट जवाफ दिन अर्थमन्त्री वाग्ले रोष्ट्रममा पुगेपछि एमालेले सोध्यो– प्रधानमन्त्रीज्यूले जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई… सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी

अ+ अ-

काठमाडौं । नेपाल सरकारले प्रहरीको पोसाक खरिद प्रणालीमा परिवर्तन गर्दै अब नगद उपलब्ध गराउने व्यवस्था गर्ने तयारी गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बिहीबारको बैठकमा जानकारी दिँदै हालसम्म टेन्डरमार्फत एकीकृत रूपमा पोसाक खरिद हुँदै आएको प्रणालीमा अनियमितता र भ्रष्टाचारको सम्भावना देखिएको बताए । उनका अनुसार सो प्रक्रिया हटाएर प्रहरीलाई प्रत्यक्ष रूपमा पोसाक खर्च नगदमै उपलब्ध गराउने विकल्प अघि सारिएको छ ।

टेन्डर प्रक्रियामा देखिएको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउन लागिएको सरकारको भनाइ छ । नयाँ प्रणाली लागू भएमा प्रहरी कर्मचारीले तोकिएको पोसाक खर्च रकम आफैंले प्रयोग गरी आवश्यक पोसाक खरिद गर्न सक्नेछन् ।

सरकारले यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक अध्ययन तथा प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

भर्खरै