१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनका लागि विस्तृत कार्यतालिका अनुमोदन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले पेश गरेको महाधिवेशनसम्बन्धी नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित स्वीकृत गरिएको जानकारी दिए।

उनका अनुसार कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिनेछ। केन्द्रीय समितिले ती प्रस्तावमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ।

राप्रपाले महाधिवेशनको तयारीलाई समयमै सम्पन्न गर्न भदौ मसान्तभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने तथा असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम टुंग्याउने प्रस्तावसमेत अघि सारेको अध्यक्ष लिङ्देनले बताए।

पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।