६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालडाँडामा बस दुर्घटना, चालकको मुत्यु



अ+ अ-

दमौली । डुम्रेबाट पाउँदीतर्फ जाँदै गरेको बस डुम्रे बेसिसहर सडकअन्तर्गत तनहुँको भानुमा भएको दुर्घटना भएको छ । दुर्घटनामा बस चालक भानु ६ निवासी २१ वर्षीय अनिल सार्कीको मृत्यु भएको छ ।

तीन जना यात्रु सवार ना ३ ख ९७६८ नम्बरको बस भानु १० नेपालडाँडामा दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते चालकको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको भएको हो। बस सडकबाट १० मिटर जति तल खसेको थियो।