३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारका कामको नतिजाबारे यसरी कुर्लिए मन्त्री पुन !

सरकारका कामको नतिजाबारे यसरी कुर्लिए मन्त्री पुन !
अ+ अ-

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताउनुभयो ।

पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अव विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छ, सरकारले गरेका काम जनतासम्म पुर्याउनुपर्ने दायित्व पार्टीको पनि हो ।”

मन्त्री पुुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउँछौँ भन्नुभयो ।

मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।