४ असार २०८३, बिहीबार
,
Latest
पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसी र बाख्रा पाल्ने कैलालीका किसानलाई अनुदान



अ+ अ-

काठमाडाैँ । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी रु ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी रु ५० हजारका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताउनुभयो । यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ ।

चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि रु चार लाख र भैँसीका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो । भैँसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भैँसी समूहकोे हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवद्र्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताउनुभयो ।

यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले रु एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिनुभयो ।