९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
अ अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा यहाँ आज आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले सम्पत्ति शुद्धीकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पु¥याउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताउनुभयो ।

“इमानदार व्यवसायी डराउनुपर्ने अवस्था छैन, गलत कार्य गर्नेहरू मात्रै कारबाहीको दायरामा आउनेछन्”, उहाँले भन्नुभयो । अर्थमन्त्री डा वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकार काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । घरबहाल कर प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले विगतमा कर नतिर्ने प्रवृत्तिलाई हटाइने बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुगेको तथा बजार गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो । उहाँले राज्यको दीर्घकालीन हितलाई केन्द्रमा राखेर आर्थिक नीति तर्जुमा गरिएको उल्लेख गर्दै नेपालका अन्तरराष्ट्रिय विमानस्थलको उपयोग वृद्धि गर्न कूटनीतिक तहबाट पहल भइरहेको जानकारी दिनुभयो । घरजग्गा कारोबारलाई पनि क्रमशः चलायमान बनाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी व्यवसायीले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, कर सुधार तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम कार्यान्वयनमा जोड दिएका थिए । रासस