३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता: ३० देशका ४०० खेलाडी सहभागी हुने

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता: ३० देशका ४०० खेलाडी सहभागी हुने
अ+ अ-

मेलम्ची । अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ । विश्वभरिबाट साहसिक जलयात्राका लागि बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्षमा सहभागी गराउने प्रमुख उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल एशोसिएसन अफ र्यफ्टिङ एजेन्सिज (नारा) को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहकार्यमा सञ्चालन हुनलागेको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट र्याफ्टिङ रेस र बोटर क्रस गरी चार विधामा कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रममा ३० भन्दा बढी देशका ४०० खेलाडी गाइड तथा साहसिक पर्यटनका पारखीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए।

उत्कृष्ट खेलाडीलाई पुरस्कारको पनि व्यवस्था छ । उत्कृष्ट खेलाडीलाई कम्तीमा एक हजार डलर पुरस्कार दिइने भनिए पनि सहभागी सङ्ख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याउने तयारी छ ।