५ असार २०८३, शुक्रबार
,
Latest
शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताउनुभएको छ । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उहाँले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताउनुभएको हो ।

उहाँले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताउनु भयो ।

नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक–नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उहाँको भनाई छ । सामाजिक सञ्जालका छोटा पोस्ट, ट्विट र सीमित शब्दका अभिव्यक्तिमा विचारहरू खुम्चिँदै गएको उहाँले बताउनुभयो । समाजको मुक्ति र देशको विकास विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य नेपालमा निर्माण गर्न खोजिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘भारतको एकजना विख्यात दर्शनका ज्ञाता र लेखक हुनुहुन्छ, देवीप्रसाद चट्टोपाध्याय । उहाँले धेरै वर्ष अगाडि एउटा सन्दर्भमा भन्नुभएको थियो, आज भारतलाई जति बेला दर्शनको सबैभन्दा बढी खाँचो छ, दुर्भाग्यवश यति नै बेला दर्शनप्रतिको रुचि, दर्शनको मीमांसा, दर्शनप्रतिको एउटा आकर्षण या त्यस सम्बन्धी क्रियाकलापहरूको एकदमै ठूलो खडेरी देखिन लागेको छ, उहाँले भन्नुभएको थियो । त्यही कुरालाई साभार गर्दै नेपालको हकमा पनि आज दर्शन र समग्र वैचारिक प्रश्नहरूमा सैद्धान्तिक नीतिगत प्रश्नहरूमा बहस झन् झन् झन् साँगुरिदै गएको छ।’

उहाँले नेपालमा पपुलिजम, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हावी भएको पनि दाबी गर्नुभयो । राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक स्पेसमाथि संकट बढ्दै गएको उहाँले बताउनु भयो । वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुँदै गएको उहाँको भनाई छ ।

ट्रेड युनियनका अधिकार खोसिएको, विद्यार्थी आन्दोलनले पञ्चायतकालमा प्राप्त गरेका अधिकारहरू कटौती गरिएको तथा विभिन्न माध्यमबाट नागरिकलाई त्रसित बनाउने प्रयास भइरहेको उहाँले आरोप लगाउनु भयो । सुकुम्बासीहरूको समस्या झन् जटिल बन्दै गएको उहाँले बताउनु भयो ।उहाँले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगले सहकार्य र निकटता आवश्यक रहेको बताउनु भयो ।