५ असार २०८३, शुक्रबार
,
Latest
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन होटल व्यवसायीद्वारा रास्वपा महाधिवेशनका पाहुनालाई विशेष छुटसहित स्वागत गर्ने घोषणा



अ+ अ-

काठमाडाैँ । चितवनका होटल व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षक पाहुनाको स्वागत र सुविधामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा सहभागी हुने अतिथिहरूको आवास, खाना तथा पेयपदार्थमा विशेष छुटसहितको व्यवस्था गरिएको होटल व्यवसायीहरूले बताएका छन्।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ। भरतपुर महानगरपालिका र गैँडाकोट क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूमा यो सुविधा लागू हुने उनले जानकारी दिए।

सङ्घका अनुसार छुट व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको अनुगमन गर्न विशेष समिति पनि गठन गरिएको छ। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार उक्त संघअन्तर्गत करिब ९० होटलहरू रहेका छन्, जसको समग्र क्षमता करिब १० हजार पाहुना अट्ने छ। संघमा ६७१ सदस्य आबद्ध छन् भने चिया पसलदेखि रेष्टुरेन्ट तथा होटलहरू समेटिएकाले यकिन क्षमता भने निश्चित गर्न कठिन हुने उनले बताए।

महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमका अनुसार चितवनका होटलहरूमा रास्वपाका प्रतिनिधि तथा पर्यवेक्षकका लागि तीन हजारभन्दा बढी कोठा तयारी अवस्थामा रहेका छन्।

उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवास खर्च भने आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ।




भर्खरै