३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर



अ+ अ-

कञ्चनपुर। सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई  निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँटी, दात र आँखा विशेषज्ञ स्वास्थ्य निःशुल्क शिविर सञ्चालन गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक सिद्धराज भट्टले विद्यालयमै पुगी विशेषज्ञ चिकित्सकद्वारा नाक, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण र उपचार गरिएको जानकारी दिनुभयो ।

शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको छ । स्वास्थ्यकर्मीहरुले  बताउनुभयो । रासस