२ असार २०८३, मंगलवार
,
Latest
बजेटले स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे चिकित्सा शिक्षा आयोगद्वारा पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन निर्देशन प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन मुस्ताङका होटल र पसलमा अनुगमन सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा



अ+ अ-

ओखलढुङ्गा।  सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदरसम्बन्धी समस्या न्यूनीकरणदेखि शिक्षामा गुणस्तर वृद्धि र रोजगारी सिर्जनासम्मका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिद्धिचरण नगरपालिकाले जेठ २१ देखि ३१ गतेसम्म सञ्चालन गरेको वडास्तरीय र पालिकास्तरीय सार्वजनिक सुनुवाइमा सहभागीले वर्षभरि दुःख गरेर लगाएको बाली क्षणभरमै नष्ट गरिदिएकाले बाँदर नियन्त्रणको प्रभावकारी कार्यक्रम ल्याउन माग गरे ।

बाली जोगाउन लखेटेर सम्भव नभएकाले बाँदर व्यवस्थापनका लागि १० वटा वडाका नागरिकले पालिका पदाधिकारीसँग आवश्यक बजेटसहित विशेष कार्यक्रम घोषणा गर्न सुझाव दिएका हुन् ।

नगरप्रमुख तेजेन्द्र खनालले स्थानीय तहमा बजेटको स्रोत कम भएका कारण बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न चुनौती भइरहेको बताउनुभयो । गाउँका नागरिक पलायन हुने क्रम बढेसँगै खेतबारी जङ्गलमा परिणत भएकाले बाँदर आतङ्क बढेको स्थानीय नागरिकको गुनासो छ ।

त्यसैगरी, गाउँमा गुणस्तरीय शिक्षाको र रोजगारीको अभावका कारण नागरिक गाउँ छोड्नबाध्ये भएकाले स्थानीय सरकारले गाउँमा रोजगारी सिर्जना हुने योजना बनाउन माग गरेका छन् । युवाजनशक्ति रोजगारीको सिलसिलामा विदेश गएसँगै परिवार बच्चा पढाउन सहर गएका कारण गाउँमा ज्येष्ठ नागरिक मात्रै बस्न बाध्यकारी अवस्था सिर्जना हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कम्जोर भएको स्थानीय बेदुकाजी घिमिरेले गुनासो गर्नुभयो ।

त्यस अवसरमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्नो सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउन पनि स्थानीयले माग गरेका छन् । उहाँका अनुसार अब गाउँमै रोजगारीको सिर्जना गर्न नसक्ने हो भने गाउँ वृद्धाश्रममा परिणत हुने खतरा बढेको छ । सिद्धिचरण नगरपालिकाले मातहतमा रहेका वडा तथा विषय गत शाखाबाट वितरण गरिने सेवा प्रवाहको प्रभावकारिता र ०८२÷८३ मा सञ्चालन गरिएका योजनाको गुणस्तरीयताका विषयमा नागरिकसँग प्रत्यक्ष सार्वजनिक सुनुवाइ गरेको हो ।

त्यस अवसरमा नगर प्रमुख तेजेन्द्र खनालल नगरपालिकाले गरेका विकास निर्माणका योजना तथा सेवा प्रवाहका विषयमा नागरिकबाट उठेका पारदर्शी, जवाफदेही र आर्थिक अनुशासनका विषयमा प्रत्येक वर्ष सबै वडामा सार्वजनिक सुनुवाइ गरी स्पष्ट पार्दै आएको जानकारी दिनुभयो । रासस