३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन

छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन
अ+ अ-

कैलाली । कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदललाई एक महीनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा चौपायाको व्यवस्थापनको समग्र योजना बनाएर बैठकमा पेश गर्ने गरी निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले बताउनुभयो । कार्यदलमा कुन–कुन क्षेत्रको व्यक्ति र कति जना रहने भन्ने जिम्मा पनि संयोजकलाई नै तोकिएको बताइएको छ । छलफलमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशु चौपाया व्यवस्थापनका थुप्रै प्रयास गर्दा पनि पूर्णरुपमा व्यवस्थापन हुन नसकेको बताए ।

उनले भने, “उपमहानगरपालिकाले गौशाला बनाएर व्यवस्थापन गरेको छ तर व्यवस्थापन नगरेका स्थानीय तहबाट धनगढीमा पशुचौपाया भित्रिने गरेका छन् ।” कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले गौरीगङ्गाको तालबन्द क्षेत्रमा एकीकृतरूपमा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने प्रस्ताव आफूले राखेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा कैलाली र कञ्चनपुका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने विषयमा छलफल भएको बताए । स्थानीय तहले मात्रै छाडा चौपाया व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि प्रदेश सरकारसँग छलफल थालिएको हो ।