२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरी चराउन नदिएको भन्दै विरोध



अ+ अ-

भरतपुर । चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए ।

उनीहरुले लगेको मौरी स्थानीय १५० गोला मौरी देखाउँदै वडाध्यक्ष र स्थानीय प्रशासनले जबर्जस्ती फिर्ता पठाइदिएको नेपाsल किसान सङ्घले जनाएको छ । भरतपुरका किसानले विसं २०७२ देखि चरिचरन गर्दै आएको सो ठाउँमा स्थानीय सरकारले बाहिरको मौरी रोक लगाउनु अव्यवहारिक र घृणित कार्य भएको सङ्घका अध्यक्ष टङ्कनाथ पौडेलले बताए । नेपाल सरकारले जारी गरेको मौरी प्रवद्र्धन नीति २०७३ अनुसार नेपालको जुनसूकै ठाउँमा बिना रोकतोक मौरी चरनका लागि लैजान पाउने नैसर्गिक अधिकार लत्याउने काम भएको पौडेलको आरोप छ ।

सो क्षेत्रमा कम्तीमा हजार गोलाभन्दा बढी फूल फुल्ने समयमा मौरी राख्न सकिने अवस्था रहेको सङ्घले जनाएको छ । खेर गइरहेको फूलको रस मौरीमार्फत सङ्कलन गर्ने ऊर्जाशील किसानलाई स्थानीय सरकारले प्रशासनको आडमा हतोत्साही गर्ने काम गरेको पौडेलले बताए। सङ्घले यस्ता घटना फेरि नदोहोर्याउन आग्रह गर्दै जस्तोसूकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

मौरीपालनका लागि अग्रणी जिल्लाको रूपमा रहेको चितवनका किसानले देशका विभिन्न स्थानमा मौरी चरनका लागि लैजाने गरेका छन् । व्यावसायिकरूपमा मह उत्पादन गर्नका लागि नेपालको भूबनोटअनुसार फरक–फरक समयमा फूल फुल्ने र सो स्थानमा त्यही समयमा मौरी स्थानान्तरण गर्ने गरिएको छ । चितवनमा आठ हजार गोला मौरी र आठ हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।