३० श्रावण २०८३, शनिबार
,
Latest
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने काम नभएसम्म संसदमा विरोध जारी रहन्छः सांसद हमाल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त अडान राख्नुभएको हो । सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरुको पनि विगतका काण्डहरुको फाइल खोल्छु भनि धम्क्याउने गरेको भन्दै आपत्ति जनाउनु भयो । अर्थमन्त्री वाग्लेलाई सांसद हमालले विपक्ष दलहरुलाई विगतको फाईल खोलेर कारबाही गर्न पनि चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले आफनो अभिव्यक्तिबारे संसदमा आएर जवाफ दिनुपर्दछ । अनि उहाँको यो अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्दछ । अनि मात्रै हाम्रो आन्दोलन रोकिने छ । नत्रभने हाम्रो आन्दोलन जारी रहनेछ । र, माननीय अर्थमन्त्रीज्यूले आफनो जवाफ दिने क्रममा प्रतिपक्ष दलहरुलाई थर्काउने, धम्क्याउने गरिराख्नु भएको छ । हामी के भन्छौँ भने सरकार हाम्रो पनि हो । प्रतिपक्षको पनि हो । यसकारण सरकार मात्रै सत्तापक्षको हो भन्ने सोचाई हो भने यो सच्याईनु पर्दछ । यसकारण म के भन्न चाहन्छु भने माननीय अर्थमन्त्रीज्यूको जुन अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ ।’

सांसद हमालले सरकारले विपक्ष दलहरुलाई धम्क्याउने काम गर्नु उचित नभएको पनि बताउनु भयो ।