४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

“राजनीति विग्रदा देश बिग्रन्छ”



अ+ अ-

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताउनुभएको छ ।

आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भन्नुभयो ।
उहाँले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताउँदै राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राख्नुभयो ।

सांसद बस्नेतले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताउनुभयो ।