२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा
अ अ+ अ-

काठमाडौं । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोलीले स्वयम्भू महाचैत्यको दर्शन गरेको छ ।

आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको टोली सोमबार काठमाडौं आईपुगेको हो । टोलीले बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेलसंग पनि भेट गरेको छ ।

उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली काठमाडौ आईपुगेको हो । उक्त पैदलयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी हुदै काठमाडौ आएको हो ।

उक्त शान्ति पदयात्रा टोलीले आईतबार कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो । मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए ।

भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन् । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन् । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो ।

सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।