१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन ।

नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर रु चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । एनबिबिएल डिवेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंक,रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।