१ असार २०८३, सोमबार
,
Latest
सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको हो । उहाँले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उहाँले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिनुभयो ।

उहाँले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गर्नुभयो । उहाँले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दैगर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चीज बताउनुभयो, त्यो आपत्तीजनक छ । कसलाई लक्षित गर्नुभयो ? उहाँले फाईल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु, टी स्टेटको फाईल पहिलो नम्बरमा खोलियोस्, म आग्रह गर्न चाहन्छु, त्यसपछि विपक्षीसंग जोडिएका ओम्नी हुन् की वाईडवढी हुन की के के फाईल हुन, तपाईहरुको हातमा छ, सरकारलाई भन्न चाहन्छु, यो सदनमार्फत ती खोलियोस् । साँचो कुरा के हो ? त्यो बाहिर ल्याईयोस् । यद्यपी आज लगाईरहेका आरोपहरु सावित भएनन् भने, छानविनले सत्य ठहरिएनने भने मान्छेमा स्वाभिमानमाथी आँच आउने, गम्भिर आरोपहरु लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ, कि गर्नुहुन्न ?’

यस्तै उहाँले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा दिएको अभिव्यक्तिको पनि आलोचना गर्नुभयो । परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रवादी अडान कमजोर बनाएको उहाँको आरोप छ । उक्त अभिव्यक्ति नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको उहाँको भनाई छ ।

उहाँले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने बताउनु भयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै