४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले देउवालाई २ घण्टा कुराएपछि…



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको आज बोलाइएको बैठकमा पौडेल पक्षका नेताहरु २ घण्टापछि पुग्दा कार्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ । पौडेल पक्षका नेताहरु कोठे बैठकमै व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको बताइएको छ ।

पौडेल पक्ष बैठकमा आउन ढिलाई गरेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले २ घण्टादेखि उनीहरुलाई पर्खेका थिए ।

नेता पार्टी विधान अनुसार विभाग बनाउनुपर्ने पौडेल पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।