३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

चौँरीपालन व्यवसाय सञ्चालन

चौँरीपालन व्यवसाय सञ्चालन
अ+ अ-

जाजरकोट । कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौरीपालन गरिएको छ । भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए ।

चौँरी नासिदै गएको बेला जगदुल्ला गाउँपालिकाको रु ३२ लाख र कर्णाली प्रदेश सरकारको रु ५० लाखको लगानीमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोटमा भालुपाटन व्यवसायी चौरी फार्म स्थापना भएको हो । अहिले १५० चौरी रहेको उक्त फार्ममा रु पाँच लाखको डेरीसमेत सञ्चालन गरिएको छ । चौँरी फार्म र जगदुल्ला गाउँपालिकाभित्रका कृषकले पालन गरेका भैँसी तथा चौँरीको दूध सङ्कलन गरेर व्यावसायिकरूपमा डेरी स्थापना गरी सबैलाई नियमितरूपमा दूध तथा दूधबाट उत्पादित वस्तु वितरण गर्ने उद्देश्य रहेको अध्यक्ष नारसिंह रोकायले जानकारी दिए ।

डेरीबाट छुर्पी, दूध, घ्यूलगायतका दूधजन्य वस्तुहरु उत्पादन गरिने लक्ष्य लिएको रोकायले बताए। चौरी फार्मबाट उत्पादन हुने ऊनबाट विभिन्न कपडा बनाई अर्थोपार्जन गर्ने लक्ष्य लिइएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–११ घोडाखोरमा बङ्तडीमा २६ वर्षपछि चौँरीपालन स्रोत केन्द्र स्थापना भएको हो । उक्त स्रोत केन्द्रमा ३२ वटा चौँरी रहेको छ ।

दुवै ठाउँमा रहेको चौरीपालन केन्द्रको अनुगमन तथा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जनताको जीवनस्तर उकास्नका लागि कर्णाली प्रदेश सरकारले कृषकमुखी कार्यक्रम ल्याएको बताए । डोल्पामा खाद्यान्न ढुवानी, दुधजन्य पदार्थको उत्पादन अनि स्थानीयरूपमा उत्पादन गरिने कपडाको मुख्य स्रोत नै चौँरी भएको प्रदेशसभा सदस्य शाहीले बताए । डोल्पाका विभिन्न गाउँमा चौरीलाई पशुपालनको मुख्य व्यवसायको रुपमा लिइन्छ ।