२ भाद्र २०८३, मंगलवार
,
Latest
जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान



अ+ अ-

न्युयोर्क। संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा गर्न आह्वान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले विज्ञप्ति जारी गर्दै गाजामा नागरिक तथा नागरिक पूर्वाधार, सहायता कर्मीहरू र उनीहरूको सम्पत्ति इजरायली हवाई आक्रमण र गोलाबारीको जोखिममा रहेको चेतावनी दिएको छ ।

पछिल्लो इजरायली हवाई आक्रमणले देइर अल–बलाहमा एउटा मानवीय सङ्गठनको भवनलाई क्षति पुर्याएको  विज्ञप्तिमा उल्लेख छ भने पूर्वाधारमा भएको क्षेतिका कारण केरेम अबु सलेम सिमा हुदै हुँदै गाजामा आपूर्तिको प्रवेश पनि घटेको जनाइएको छ ।

पश्चिम क्षेत्रका बासिन्दाहरूका लागि पानी र सरसफाइ सेवाहरूको पहुँचको कमि र उत्तरी वेस्ट ब्याङ्क, दक्षिणमा मासफर यट्टा र अन्य क्षेत्रहरूमा बसोबास गर्नेहरुका लागि द्धन्द्ध आवागमन प्रतिबन्धको ठर रहेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र ससङ्ले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर कमजोर परिवारहरूका लागि गाजामा खाना, औषधि लगायतका समाग्री आपूर्तिहरू ढुवानी गरेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र यसका साझेदारहरूले २६ जना बिरामी र उनीहरूका साथीहरूको लागि आवाश्क मेडिकल निकासीलाई पनि सहयोग गरेका छन् । (रासस/ क्युएनए)