२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेता थापाले वर्तमान राजनीतिक परिस्थितिमा विपक्षीहरूले प्राप्त गरेको सफलतालाई ‘अस्थायी’ संज्ञा दिँदै एमालेको विजय सुनिश्चित गर्न संगठनलाई नयाँ आधारमा उभ्याउनुपर्नेमा जोड दिनुभयो ।

आफूहरुको कमजोरीका कारण विपक्षीहरुल अस्थायी सफलता प्राप्त गरेको बताउनु भयो । अब यसलाई चिर्न नयाँ नीति र विचारका साथ अघि बढ्नु अपरिहार्य भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भएपनि हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भएका हुन् । तर यो सफलता अस्थायी हो । त्यसकारण यो सफलतालाई अस्थायी बनाउनका निम्ति हामीले पार्टीलाई नयाँ आधारमा, नयाँ विचार र नयाँ नीतिको आधारमा पुनर्गठन गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । यसरी मात्रै हामीले फेरि विजय प्राप्त गर्नसक्छौँ । अहिले नेपालमा तपाईंले यो प्रतिक्रान्ति र प्रतिगमनपछिको जुन स्थिति देखिरहनुभएको छ, यो हामीले पहिल्यै पनि भनेका थियौँ । हामीले भदौ २४ को परिघटनाको समीक्षा गर्दा के भनेका थियौँ भने, यो एउटा प्रतिगमन हो, यो क्रान्ति होइन । यो एउटा असंवैधानिक कदम हो, त्यसकारण यो कुनै संवैधानिक कदम होइन ।’

नेता थापाले फागुन २१ पछि रास्वपासहित बनेको वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनु भयो । सरकारले नागरिकको संगठित हुन पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको र सुकुम्बासीहरूमाथि दमन गरेको उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारको गतिविधिले गणतन्त्र र लोकतान्त्रिक संस्थाहरूको मर्यादामाथि प्रहार भएको बताउनु भयो । सीमा विवाद र राष्ट्रियताका सवालमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई थापाले राष्ट्रिय आत्मसमर्पणवाद को संज्ञा दिनुभयो । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको हालैको भारत भ्रमण र त्यहाँ उहाँलाई दिइएको उच्चस्तरीय स्वागतप्रति पनि थापाले संशय व्यक्त गर्नुभयो ।

भारतको सत्तारुढ दलले एक पार्टी अध्यक्षलाई प्रधानमन्त्री वा राष्ट्रपति सरहको सम्मान दिनुको राजनीतिक अर्थ गम्भीर हुने उहाँको तर्क थियो । वाह्य शक्तिहरू नेपालको वर्तमान नेतृत्वसँग सन्तुष्ट नरहेको र नयाँ नेतृत्व स्थापित गर्न इच्छुक देखिएको थापाले दाबी गर्नुभयो ।