२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल



अ+ अ-

काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनावद्ध रुपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगती राम्रो देखिने बताउनुभएको हो । उहाँले अहिले भने खासै धेरै फस्यौँट हुन नसकेको बताउनु भयो ।

उहाँकाअनुसार नेपाली सेनाले यस वर्ष ६० प्रतिशत बेरुजु फस्र्यौट गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको छ । असार मसान्तसम्म यसलाई अधिकतम १५ प्रतिशतसम्म पु¥याइनेछ । उहाँकाअनुसार  नेपाली सेनाको बेरुजु फस्र्यौटको ६० प्रतिशतको लक्ष्य पूरा हुन नसक्नुमा तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को ठूलो रकम मुख्य कारण रहेको छ ।

फास्ट ट्रयाकको प्याकेज ६ अन्तर्गत १ अर्ब ३९ करोड रुपैयाँको ‘लिक्विडेटेड ड्यामेज’ तत्काल फस्र्यौट हुन सक्ने अवस्थामा नरहेकाले समग्र प्रगतिमा असर परेको स्पष्ट पार्नुभयो ।

प्रधानसेनापति सिग्देलकाअनुसार सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परिक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने तयारी पूरा गरेको छ । यसमा एम्युनेसन खरिदको ४ करोड ११ लाख ६९ हजार, मेसिनरी स्पेयर पाट्र्सको १ करोड ८९ लाख ९१ हजार, लक्ष्मी बैंकबाट ब्याज असुली पश्चात फस्र्यौट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टीको १ करोड ५० लाख ६० हजार रुपैयाँ समावेश छन् ।

त्यस्तै, रक्षा मन्त्रालयमार्फत नियमित गर्नुपर्ने २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु असार मसान्तभित्र पठाइसक्ने सेनाको योजना छ । जसमा समरदली विभागका विभिन्न शीर्षकका बेरुजुहरू रहेका छन् ।

सैनिक कल्याणकारी कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ६५ लाख ४८ हजार अर्थात करिब २ प्रतिशत मात्र फस्र्यौट भएको छ । कोष अन्तर्गत नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २० करोड २१ लाख ७५ हजारमध्ये असारसम्म ९ करोड ३७ लाख फस्र्यौट गर्ने लक्ष्य राखिएको छ ।

कल्याणकारी कोषतर्फकै अर्को १२ करोड ३६ लाख ३४ हजार बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार यसै असारभित्र फस्र्यौट हुने प्रधानसेनापतिले जानकारी दिनुभयो । उहाँकाअनुसार कोषतर्फका धेरै बेरुजुहरू २०३२ सालमा कोष स्थापना भएदेखिकै पुराना छन् । प्रमाणहरू जुटाउन कठिन भए पनि हामीले यो वर्ष कोषतर्फको ५०.१६ प्रतिशत बेरुजु फस्र्यौट गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।