१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका



अ+ अ-

काठमाडाैँ । परराष्ट्र मन्त्री शिशिर खनाल जुन १४ (आइतबार) देखि १७ तारिखसम्म चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। उहाँले चीनका विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त भ्रमण गर्न लाग्नुभएको हो।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। साथै, उहाँले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

मन्त्री खनालले भ्रमणका क्रममा चीनमा रहेको नेपाली दूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ। उक्त सम्मेलनमा उहाँले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गरी नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल गर्नुहुनेछ।

त्यसैगरी, उहाँको सम्मानमा नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा समेत उहाँ सहभागी हुनुहुनेछ र चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुनेछ।

मन्त्री खनाल २०२६ जुन १७ तारिखमा काठमाडौँ फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।