८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सधन गुरुङलाई पुनः सोही जिम्मेवारी दिइएकोप्रति आपत्ति जनाउनुभएको छ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति सम्बन्धी मुद्दा तथा मानव अधिकार आयोगले समेत जेन–जी आन्दोलनको दोषी करार गरेका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइनु आपत्तिजनक भएको टिप्पणी गर्नुभयो।

उहाँले सरकारले दोषीमाथि कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गर्ने प्रवृत्ति देखिएको आरोप लगाउनुभयो। “सुशासनको नारा दिने सरकारले आफ्नालाई जोगाउने र पुरस्कृत गर्ने काम गरिरहेको छ,” उहाँको भनाइ थियो।

सांसद खड्काले सम्बन्धित छानबिन समितिले प्रतिवेदनमार्फत चोख्याएको चर्चा भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरिएको र त्यसकै आधारमा पुनः नियुक्ति दिइएको दाबी गर्नुभयो।

उहाँले थप भन्नुभयो, सरकारले सुशासन र क्रमभंगताको कुरा गरे पनि व्यवहारमा आफ्नै पक्षधरलाई संरक्षण गर्ने काम भइरहेको छ भन्दै त्यस प्रवृत्तिको आलोचना गर्नुभयो।

त्यसैगरी, सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने आफ्नो अडान पनि दोहोर्याउनुभएको छ।