२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावट तथा हेरफेर भएको आरोप लगाउँदै त्यसबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै पुनले संसद्मा प्रस्तुत भइसकेको बजेटका विषयवस्तु परिवर्तन हुनु सामान्य विषय नभएको भन्दै यसबारे सूक्ष्म अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै आफू अर्थमन्त्री रहेका समयदेखि नै सबै फाइलहरू छानबिन गर्न तयार रहेको बताए।

“पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? अर्थमन्त्रीले फाइल खोल्ने कुरा गर्नुभएको छ, खोलौँ, मेरै कार्यकालदेखि नै खोलौँ,” पुनले भने।

पुनले बजेट निर्माण प्रक्रियामा भएको भनिएको हेरफेरबारे सत्यतथ्य सार्वजनिक गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।

उनले पुराना सरकारका पालामा ६७ वटा हेरफेर भएको र आफूले सात वटा मात्र हेरफेर गरेको भन्ने आशयमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। बजेट प्रक्रियामा भएको कुनै पनि प्रकारको अनियमितता निष्पक्ष छानबिनमार्फत स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।