१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग



अ+ अ-

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्य ले विद्युत व्यापार तथा वितरण क्षेत्रमा पनि निजी क्षेत्रलाई प्रवेश गर्न दिनुपर्ने बताएका छन्।

इप्पानको २६औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले उत्पादन क्षेत्रमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई अवसर दिनुपर्ने धारणा राखे।

“सरकारले उत्पादन क्षेत्रमा निजी क्षेत्रलाई खुला गरेजस्तै विद्युत व्यापार र वितरणमा पनि खुला गर्नुपर्छ,” आचार्यले भने, “उत्पादनमा जस्तै व्यापार र वितरणमा समेत निजी क्षेत्र लगानी र जिम्मेवारी लिन तयार छ।”

उनले ऊर्जा क्षेत्रको विकासका लागि एकद्वार प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। ऊर्जा क्षेत्रका विभिन्न प्रशासनिक तथा नीतिगत जटिलताहरू विकासका बाधक बनेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

आचार्यले आयोजनाहरूको व्यावसायिक सञ्चालन मिति (आरसीओडी) थप गर्ने विषयमा पनि स्पष्ट नीति आवश्यक रहेको बताए। “आरसीओडी थप्दा कसलाई के घाटा हुन्छ ?” भन्ने प्रश्न गर्दै उनले सरकारी प्रक्रियागत ढिलाइका कारण प्रभावित भएका आयोजनाहरूको आरसीओडी एकमुष्ट रूपमा थप गरिनुपर्ने माग गरे।

उनका अनुसार सरकारकै कारण परियोजनाहरू समयमा सम्पन्न हुन नसकेको अवस्थामा त्यसको भार निजी क्षेत्रमाथि थोपर्नु न्यायोचित नहुने बताए।