२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनि स्पष्ट अडान राख्नुपर्दछः खुश्बु… काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने



अ+ अ-

काठमाडाैँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले हालै जारी सात दिने सार्वजनिक सूचना र उद्योगमन्त्रीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कानूनी राज्यको उपहास नगर्न सरकारलाई चेतावनी दिएको छ ।

उद्योगीहरुले सर्वोच्च अदालतको फैसलाअनुसार भाडा तिर्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन् । नेपालमा औद्योगिक विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यले १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्, जहाँ ७०० भन्दा बढी उद्योगहरू स्थापित छन् र करिव १ लाख नागरिकले रोजगारी पाएका छन् । तर २०७५ सालदेखि शुरु भएको भाडा वृद्धि सम्बन्धी विवादले अहिले जटिल मोड लिएको छ ।

२०७५ सालमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु लगायतका क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूले उक्त वृद्धिलाई ‘अव्यावहारिक’ भन्दै विरोध गरेपछि विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनको निर्णयविरुद्ध उद्योगीहरू सर्वोच्च अदालत गएका थिए ।

२०८० चैत १२ गते सर्वोच्च अदालतले उक्त विवादमा फैसला सुनाउँदै २०७९ असार २२ गते (भाडा लागू गर्ने पछिल्लो निर्णय) भन्दा अगाडिको ‘भूतप्रभावी’ भाडा असुल गर्नु कानूनसम्मत नहुने ठहर गरेको थियो । अदालतले २०७९ असार २२ पछिको नयाँ भाडा दर कायम गर्न र हरेक ५ वर्षमा भाडा पुनरावलोकनका लागि एक महिनाभित्र कमिटी गठन गर्न आदेश दिएको थियो ।

महासङ्घका अध्यक्ष एजाज आलमकाअनुसार उद्योगीहरूले उक्त फैसलालाई ‘विन–विन’ (दुवै पक्षको जित) को रूपमा स्वीकार गर्दै कार्यान्वयनको प्रक्रियामा जान खोजेका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मन्त्रालयको दबाबमा पुनः पुनरावलोकन (भ्याकेट) मा जाने निर्णय गरेपछि समस्या बल्झिएको हो ।

अध्यक्ष आलमले उद्योग मन्त्रालयले अभिभावकीय भुमिका निर्वाह गर्नुको सट्टा उद्योगीहरूलाई अपराधी जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो ।
‘मन्त्रीज्यूबाट कारबाही गर्ने र पक्राउ गर्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । नेपालमा उद्योग चलाउनु के अपराध हो ?’ उहाँले प्रश्न गर्नुभयो । महासङ्घले अदालतको फैसलालाई सम्मान गर्दै २०७९ असार २२ गतेपछिको संशोधित भाडा तिर्न आफूहरू तयार रहेको स्पष्ट पारेको छ ।

‘हामी पैसा तिर्न तयार छौँ, हिसाव मिलान गरियोस् । ठूलो रकम भएकाहरूको हकमा किस्ताबन्दीको सुविधा दिइयोस् ।’ आलमले भन्नुभयो, ‘तर सरकारले पनि सर्वोच्चको फैसला मान्नुपर्छ । आफ्नै निर्णय र अदालतको आदेशविपरित गएर उद्योगीलाई त्रसित बनाउन पाइँदैन ।’

महासङ्घले सात दिने सूचनाको अवधिभित्र समस्या समाधान नभए पुनः कानूनी उपचारका लागि अदालत जाने र ‘अदालतको अवहेलना’ मुद्दा दायर गर्ने तयारी गरेको छ । साथै सरकारले दमनकारी नीति अख्तियार गरे ७०० उद्योगीहरू गिरफ्तारी दिन तयार रहेको समेत चेतावनी दिइएको छ ।

वर्तमान आर्थिक शिथिलताका बीच उद्योगहरूलाई संरक्षण गर्नुको सट्टा निरुत्साहित गर्दा देशको औद्योगिक भविष्य र रोजगारीमा गम्भीर असर पर्ने भन्दै महासङ्घले सरकारलाई वार्ता र सहमतिको माध्यमबाट निकास निकाल्न अपिल गरेको छ ।

के भएको थियो ?

वि.सं. २०७५ सालमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु लगायतका क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूले उक्त वृद्धिलाई ’अव्यावहारिक’ भन्दै विरोध गरेपछि विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनको निर्णय चित्त नबुझेपछि उद्योगीहरू सर्वोच्च अदालत गएका थिए ।

२०८० चैत १२ गते सर्वोच्च अदालतले उक्त विवादमा फैसला सुनाउँदै २०७९ असार २२ गते (भाडा लागू गर्ने पछिल्लो निर्णय) भन्दा अगाडिको ‘भूतप्रभावी’ भाडा असुल गर्नु कानूनसम्मत नहुने ठहर गरेको थियो । अदालतले २०७९ असार २२ पछिको नयाँ भाडा दर कायम गर्न र हरेक ५ वर्षमा भाडा पुनरावलोकनका लागि एक महिनाभित्र कमिटी गठन गर्न आदेश दिएको थियो ।

महासङ्घका अध्यक्ष एजाज आलमकाअनुसार उद्योगीहरूले उक्त फैसलालाई ‘विन–विन’ (दुवै पक्षको जित) को रूपमा स्वीकार गर्दै कार्यान्वयनको प्रक्रियामा जान चाहेका थिए । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मन्त्रालयको दबाबमा पुनः पुनरावलोकन (भ्याकेट) मा जाने निर्णय गरेपछि समस्या थप बल्झिएको हो ।

महासङ्घको आपत्ति र चेतावनी

गत जेठ २५ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ दिने अल्टिमेटमसहित वक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेपछि महासङ्घ आन्दोलित भएको छ ।

उक्त सूचनामा ३० पैसा मात्र वक्यौता भएका उद्योगीको समेत नाम सार्वजनिक गरिएको भन्दै महासङ्घले यसलाई उद्योगीहरूको मानमर्दन गर्ने ‘हचुवा’ कदमको रूपमा व्याख्या गरेको छ ।अध्यक्ष आलमले उद्योग मन्त्रालयले अभिभावकीय भुमिका निर्वाह गर्नुको सट्टा उद्योगीहरूलाई अपराधी जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो ।

‘मन्त्रीज्युबाट कारबाही गर्ने र पक्राउ गर्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ उहाँले भन्नुभयो, ‘हामी अदालतको फैसलालाई सम्मान गर्दै २०७९ असार २२ गतेपछिको संशोधित भाडा तिर्न तयार छौँ । ठूलो रकम भएकाहरूको हकमा किस्ताबन्दीको सुविधा दिइयोस् र हिसाव मिलान गरियोस् ।’

महासङ्घले सात दिने सूचनाको अवधिभित्र समस्या समाधान नभए पुनः कानूनी उपचारका लागि अदालत जाने र ‘अदालतको अवहेलना’ मुद्दा दायर गर्ने तयारी गरेको छ । साथै, सरकारले दमनकारी नीति अख्तियार गरे ७०० उद्योगीहरूले सामूहिक गिरफ्तारी दिने चेतावनी समेत दिइएको छ ।

सरकारको अडान र वक्यौताको अवस्था

सरकारले देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूबाट झन्डै ८९ करोड रुपैयाँ वक्यौता उठाउन बाँकी रहेको भन्दै सात दिनभित्र चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तथ्याङ्कअनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका ६३५ वटा उद्योग तथा निकायहरूबाट कुल ८८ करोड ४५ लाख ७४ हजार ५५२ रुपैयाँ वक्यौता उठ्न बाँकी छ ।

यसमध्ये सबैभन्दा ठूलो हिस्सा जग्गाको भाडाबापत ८२ करोड ७ लाख रुपैयाँ रहेको छ । यस्तै, भवन भाडाबापत २ करोड २० लाख, विद्युत महशुलबापत ३ करोड ८९ लाख र पानीको महशुलबापत २१ लाख १८ हजार रुपैयाँ वक्यौता छ ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी वक्यौता बालाजु औद्योगिक क्षेत्रको (४३ करोड ९८ लाख) रहेको छ । हेटौँडाको २० करोड ९० लाख र पाटनको १० करोड ९० लाख रुपैयाँ वक्यौता छ । वक्यौता नतिर्नेहरूको सूचीमा बोटलर्स नेपाल (कोकाकोला), नेपाल ग्यास, गुराँस इन्जिनियर्स र बालाजु अटो वक्र्स जस्ता स्थापित प्रतिष्ठानहरू समेत समावेश छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राज्यको कोषमा आउनुपर्ने राजश्व असुलीमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । तोकिएको समयभित्र वक्यौता नबुझाउने उद्योगहरूको विद्युत् र पानीको लाइन काटिने, उद्योग परिसर सिल गरिने र सञ्चालकहरूविरुद्ध सरकारी रकम हिनामिनाको कसुरमा कानूनी प्रक्रिया अघि बढाइने लिमिटेडले जनाएको छ ।

वर्तमान आर्थिक शिथिलताका बीच औद्योगिक क्षेत्रको भाडा विवादले सरकार र निजी क्षेत्रबीचको दूरी बढाएको छ । एकातिर उद्योगीहरू सर्वोच्च अदालतको फैसला अनुसार, २०७९ असारपछिको मात्र भाडा तिर्न तयार देखिन्छन् भने, अर्कोतिर सरकार, २०७५ सालदेखिकै वक्यौता असुल गर्ने अडानमा छ ।

सरकारले अदालतको आदेशलाई पूर्ण पालना नगरी दमनकारी बाटो रोज्दा यसले देशको औद्योगिक वातावरण र वैदेशिक लगानीमा समेत नकारात्मक असर पार्ने देखिन्छ । वार्ता र सहमतिको माध्यमबाट निकास ननिकाले ७०० भन्दा बढी उद्योगहरू बन्द हुने र लाखौँको रोजगारी जोखिममा पर्ने खतरा उत्पन्न भएको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै