२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म जहिल्यै हार्नेको सर्पोटर !



अ+ अ-

हार्ने टोलीको समर्थक हुँदा प्रत्येक जीत विशेष लाग्ने रहेछ । फिफा विश्वकप २०८३ आज रातिदेखि सुरु भएको छ ।

संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्ने यस प्रतियोगितामा ४८ देशले भाग लिएका छन् । विभिन्न देशका शुभचिन्तक साथीहरुले जर्सी लगाएर आफ्नो बेजोड समर्थन सामाजिक संजाल मार्फत देखाउदै रहेछन् । मलाई भने २८ गते बिहान सम्म पनि मेरो समर्थनको देश रोज्न धौ–धौ परेको छ ।

छोटो स्मरण :

म भने टोले फुटबल खेलाडी थिए बाल्यकालमा । मलाई साथीहरुले प्रायजसो साईट प्लेयर बनाईदिन्थे तर म भने साईड चेपेर फरवार्डमा पुग्थे, हाम्रो पालामा रातो कार्ड भनेको क्याप्टनले मलाई सिधै निष्कासन गर्न सक्थ्यो र मेरो स्थानमा उसलाई बरफ वा ढुंग्रे खुवाउने साथीलाई नियुक्ति गथ्र्यो कुनै खेलाडी नथाकेसम्म म दर्शक हुन्थे, पोष्टको खम्बा मिलाउने, टाढाको बल ल्याउने, आफ्ना टिमका खेलाडिलाई पानीको जोहो गर्ने, मेरो काम हुन्थ्यो ।

एक दिनको कुरा हो हामी बजार वारी र बजार पारिको टिमबीच घमासन फुटबल खेल हुने निश्चित गरियो । मोजाको फुटबल प्रति खेलाडी रु.२ का दरले प्रति टिम १२ रुपयाँको बाजी थियो । ६ जना खेलाडीले भरिपूर्ण सो खेलको दर्शक भने हाम्रा जुनियर भाईहरु थिए, । रेफ्रिमा निश्पक्ष निर्णय गर्न सक्ने अर्कै टोलका सिनयर खेलाडीलाई नियुक्ति गरिएको थियो, जसको प्रारिश्रमिका लागि हामीले टिमकाट अतिरिक्त दुुई रुपयाँ पचास पैसा खर्चेका थियौं । त्यो समय सायद सन् १९९८ को विश्वकपको आसपासको हुनुपर्छ । पहेलो र सेतो भेष्ट लगाउनु पर्ने निर्णय गरियो ।

घरमा भएको आफ्नै वा साथीको मागेर भए पनि अलि अलि पहेलों वा सेतो सेतो रंङ्ग भएको टि सर्ट खोजेर लगाईयो । जुत्ताको हकमा अनिवार्य थिएन तर खालि खुट्टाहुने भन्दा आफ्नै जुत्ता हुनेले फुल टाईम खेल्न पाउने थियो । साबिकको नुनीगाउँको डगरलाई खेल मैदानको रुपमा छनौट गरियो । बिहानै देखि खेल मैदानको सरसफाई गरियो, वरपरका कर्मी झारको फडानी गरियो । दुईवटा बाँस ल्याएर हामीले हाम्रो पोल तयार गरि धमाधम अभ्यास गर्न थालेका थियौं ।

एक अर्काको टिममा घुषपैठ हुने प्रबल सम्भावनालाई मध्य नजर गरि नयाँ अनुहारको खेलाडिलाई खेल मैदानमा प्रवेश निषेध थियो । समय हेर्नको लागि घडिको सुविधा रेफ्रिसंगमात्र हुने भएकोले उसको मर्जि अनुसार ३,४ मिनेट खेलको समय तलमाथि हुन सक्थ्यो त्यो विषयमा हार्ने पक्षले झ्याली भयो भनेर चित्त बुझाउने गथ्र्यौ । यसरी निर्धारित समय भन्दा १० मिनेट खेला शुरु भयो, ढिला हुनुको कारण विपक्षि टिमको गोल किप्परमा विवाद थियो । गोल किप्पर किनेर ल्याएको हो भन्ने हाम्रो टिमको ठम्माई थियो, हामीले पनि अर्को किप्पर राख्न पाउने सहमति भए पश्चात खेल शुरु भएको थियो ।

निर्धारित समयमा बराबरी भए पश्चात हाम्रो खेल पेनाल्टी सुट आउटमा गयो । हामी पहिल्यै निश्चिन्त थियौं हामीले पेनाल्टी पायौं भने जित्छौ भनेर र यो कुरा त्यो बेलाका हाम्रा फुटबल गुरुले पनि स्वीकार गर्नु भएको थियो । हाम्रो टोलीले त्यो बेला साबिकको ब्राजिलको प्रतिनिधित्व गरेको थियो भने अर्को विपक्षिले अर्जेन्टिनाको, यसरी हामीले खेल मात्र जितनौ त्यो बेला मैले म सहित मेरा अरु २ जना खेलाडिलाई गरेको लगानि सुरक्षित गरि रु १२ जीतेर अन्य करिब ४,५ वटा खेल खेल्नका लागि पैसा भेला गरेको थियो जसबाट म अलि कमजोर भए पनि पैसाका कारण म खेल मैदानमा निर्बाद रुपमा छिर्न पाउथें । यो गौरवको विषय थियो ।

मेरो पहिलो विश्वकप

समय क्रममै गाउँमा मेरा छिमेकीको घरमा पहिलो पटक टिभी ल्याउनु भएको थियो । हामीले विश्वकप हेरेको रोनाल्डो खेलाडी भएर विश्वकप खेलेको वर्ष थियो सन् १९९८ । रोनाल्डोे कटको कपालले त्यो बेला बजार खाएको थियो । रोनाल्डो अनुहार अलि अलि मंगोलियन र नेपाली भावको भएर होला धेरैजसो नेपाली उनका फ्यान भएका थिए ।

यो वर्ष जिदानेको हेड गोलले ब्राजिललाई पछि पार्दै फ्रान्सले पहिलोपटक विश्वकप जितेको थियो भने सोही खेलमा सर्बाधिक चर्चाका रुपमा ब्राजिलका रोनाल्डो थिए जसल सुनको जुत्ता जितेका थिए त्यो कुरा टिभीमा देख्दा उधुमै अचम्म लागेको थियो, सुनको जुत्ताको जो कुरा थियो, हाल सुनको दाम बढेको बेला रोनाल्डोले पाएको जुत्ताको मूल्य हिसाब गर्न तिर म चाँहि लागिन है । सन् २००२ को विश्वकप पनि ब्राजिलियन रोनाल्डो र रोनाल्डिन्हो, जर्मनका ओलिभर खान, जर्मनकै माइकल बालक र मिरास्लोभ क्लोज जस्ता खेलाडिहरु थिए ।

देशका विभिन्न स्थनमा विश्वकप
यस पछि मेरो स्मरणमा सन् २०१० को विश्पकपका खेलाडिहरु सम्झन्छु, त्यो बेला म कहिले लमजुङ्गको बेसीशहरको होटल टुकुचे तिर त कहिले मनाङ्गे चौतारामा गएर फुटबल हेर्थे । स्पेनको जीतमा आईन्स्टको गोल अझै सम्झना आउछँ । सन् २०१४ र २०१८ को विश्वकप दाङमा बसेर हेरियो भने सन् २०२२ को विश्वकपमा म बैतडिको गोठालापानीमा थिए र जारी विश्वकप जाजरकोटबाट हेर्दैछु ।

समर्थकको मनोविज्ञान 

समाजको अहिलेको अवस्था अनुसार त हामी धेरै अष्ट्रेलिया,अमेरिका,ईङ्गल्याण्ड,क्यानडा,जापान,दक्षिण कोरियाको समर्थक हुनुपर्ने चाहिं हो तर खेलको मनोविज्ञान धेरै फरक हुने रहेछ । दक्षिण कोरिया बसेका मेरा साथीहरु पनि अर्जेन्टिनाको जर्सी लगाएर खेल मैदानमा उत्रिएका छन् ।

जब सानो देशले,सानो टोलिले ठुलो टोलिलाई हराउँछ त्यो सफलता अझ रोमाञ्चक लाग्छ । मनोविज्ञान अनुसार प्राय मानिसहरुले कमजोर वा कम सम्भावना भएको पक्षप्रति सहानुभूति राख्छन् । र स्वतन्त्र सोचको कारण केहि व्यक्तिहरु धेरैले रोजेको भन्दा फरक टीम रोज्न मन पराउँछन् ।

त्यसैले गोल गोल भन्दै उर्फने र यो वर्ष कान्छो भाइ क्यानडामा बस्ने भएकोले केहि समय क्यानडाको, मैले पढाएको विद्यार्थी जापानमा भएकोले केहि समय जापानको, मावली भाई कतारमा भएकोले केहि समय कतारको, ठुली छोरीको मन पर्ने खेलाडी मेस्सी हो रे अनि मेस्सीको देश अर्जेन्टिनाको, कान्छी छोरीको बेस्ट खेलाडि क्रि.रोनाल्डो हो रे अनि पोर्चुगलको ऐ एै आगे हेर्दै जाउँ । जय विश्वकप ।

हामी नेपाली फुटबलमा हिरो नभए पनि विश्वकपमा भएका केहि सुपरस्टारहरु जसलाई विश्वका धेरै मानिसहरुले समर्थन गर्छन त्यसैले सुपर स्टार प्रभाव तथा नेपाल विश्वकपमा नपुगेका कारण पनि सिधै ठुला स्टार खेलाडि भएका देशहरु जस्तै अर्जेन्टिना,ब्राजिल,जर्मनी, स्पेन, पोर्चुगल, फ्रान्सका समर्थकहरु धेरै छौं ।

र अन्त्यमा

आजसम्म त अरुलाई गालि गरेर खेल क्षेत्र ध्वस्त भयो भन्थियौं अब त गालि पो कसलाई गर्ने तै पनि एन्फाको विवाद समाधान गर्न सके अन्र्तराष्ट्रिय स्तरमा नेपालले पनि २,४ गोल हान्ने आशा जिवित राख्दैै जय भकुण्डो ।

फोटो- फिफा