२ भाद्र २०८३, मंगलवार
,
Latest
जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने



अ+ अ-

वासिङ्टन। इरानले खाडीमा विभिन्न समयमा पुर्याएको क्षतिको भुक्तानी गर्न रोक्का गरिएको इरानी कोष प्रयोग गर्ने प्रतिबद्धता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार व्यक्त गर्नुभएको छ ।

बेसेन्टले एक्समा लेख्नुभएको छ, “खाडीमा हाम्रा सहयोगीहरूलाई हुने कुनै पनि क्षतिको लागि इरानी खाताहरूबाट निकालिएको रकमबाट भुक्तानी गरिनेछ।”

वासिङ्टनले तेहरानसँग नयाँ युद्धको चेतावनी दिइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान इरानमाथि नयाँ आक्रमण गर्ने र अन्ततः यसको प्रमुख तेल पूर्वाधार कब्जा गर्ने बताएपछि अर्थमन्त्री बेन्सेन्टको टिप्पणी आएको हो।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि इरानलाई लक्षित गरी आक्रमण सुरु गरेका थिए । यसले प्रत्यक्षरूपमा मध्यपूर्व र अप्रत्यक्ष रूपमा विश्व समुदायलाई प्रभावित पारेको छ । आक्रमणका कारण इरानी जलमार्ग भएर विश्व बजारमा जाने पाच भागको एक भाग इन्धन आपूर्ति प्रभावित भएपछि यसले ऊर्जा लागत बढाएको छ।

बेसेन्टले बिहीबार भन्नुभयो, “तेहरानको आक्रमणले यसले सामना गर्ने आर्थिक र वित्तीय परिणामहरूलाई अझ गहिरो बनाउनेछ।”

उहाँले थप्नुभयो, “पर्सियाली खाडी क्षेत्र प्राधिकरणलाई तिरेको कुनै पनि राजश्व उनीहरूको खाताबाट निकालिएको रकमबाट शोधभर्ना गरिनेछ ।”

यो प्राधिकरण इरानको नयाँ निकाय हो जसले स्ट्रेट अफ हर्मुज भएर आवतजावत गर्ने जहाजहरूसँग शुल्क सङ्कलन गर्दछ । यो विश्वको लागि एक महत्वपूर्ण जलमार्ग जुन तेहरानले युद्धको सुरुदेखि बन्द गरेको छ ।

बिहीबार प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि हर्मुज पूर्ण रूपमा बन्द हुने बताएको छ ।

यस पहिले बेसेन्टले भन्नुभएको थियो, “वाशिङ्गटनले हर्मुजमा राजश्व प्रणाली लागू गर्ने अभ्यास सहने छैन, यसको कार्यान्वयनमा संलग्न पक्षहरूविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनेछ ।” रासस