२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै



अ+ अ-

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मनाइँदैछ । घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिइ यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो

यसैबीच, ललितपुरकी स्नेहा श्रेष्ठ सयौँ कुकुरहरूको जीवनदाताका रूपमा चिनिनुहुन्छ । कयौँ घाइते कुकुरलाई बाटोबाट उठाएर उपचार गर्नुभएको छ । दर्जनौँलाई संरक्षण र सुरक्षाको जिम्मा लिनुभएको छ । उहाँको स्नेहाज केयर नामक संस्था दर्जनौँ घाइते कुकुरको आश्रयस्थल बनेको छ । भैँसेपाटीस्थित संस्थाको सेल्टरमा कति खुट्टा नभएका, आँखा फुटेका, ढाड भाँचिएका जस्ता रोगी, अपाङ्ग र बेसाहारा कुकुरको घर भएको छ ।

सन् २०१४ देखि स्नेहा यस्तै असहाय कुकुरको उद्धार, उपचार र संरक्षणमा डटिरहनुभएको छ । घाइते, बिरामी कुकुरहरू जब तङ्ग्रिँदै जान्छन्, उहाँको मन प्रफुल्ल हुन्छ । कुकुर संरक्षणमा सन्तुष्टि मिलेको स्नेहा बताउनुहुन्छ । आफ्नै सन्तानलाई झैँ कुकुरको माया गर्ने स्नेहा पहिल्यैदेखि पशुप्रेमी भने हुनुहुन्नथ्यो । विवाहपछि घरमा भएको एक घटनाले उहाँको मनलाइ परिवर्तन गरिदियो । उहाँ कुकुर बिराला प्रेमी नभए पनि उहाँका श्रीमान भने घरमा कुकुर पाल्न चाहुनुहुन्थ्यो ।

श्रीमान्ले रहर गरेर ल्याएको कुकुर एक दिन म रेपछि उहाँलाई नराम्रो लाग्यो । त्यसपछि घरमा अर्को कुकुर ल्याउनुभयो र त्यसको नाम ‘जारा’ राखियो । जारालाई निकै पुल्पुलाएर पाल्नुभयो । जारा पनि आफ्नो परिवारसँग निकै नजिक थियो । स्नेहा सधैँ बाहिरबाट घर फर्किंदा जारा उहाँलाई गेटसम्म लिन आउँथ्यो । तर एक दिन अफिसबाट घर फर्किंदा ऊ गेटमा आएन । त्यस दिनको स्मरण गर्दै स्नेहा भन्नुहुन्छ, ‘‘भित्र जाँदा ऊ बिरामी अवस्थामा रगत ल तपतिएर बसेको थियो । उसलाई विष हालेर खान दिइएको रहेछ ।’’

बेलाबेला जाराको भुकाइको विषयलाई लिएर छिमेकीसँग सानातिना भनाभन हुने गरेको भए पनि उसलाई विष हालेरै मा रिदेलान् भन्ने स्नेहाले सोच्नुभएको थिएन । विष परेको केही दिनपछि जारा मर्यो । जाराको म रणले उहाँलाई विक्षिप्त जस्तै बनायो । आफू बिरामी जस्तै भएर खानादेखि निदाउन पनि नसक्ने भएको उहाँ सुनाउनुहुन्छ । अहिले पनि उहाँ आफ्नो कोठामा जाराको फोटो राख्नुहुन्छ । जाराको मायाले आफूलाई जनावरप्रति दया गर्ने शक्ति र प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।

आफ्नो कुकुरको मृत्युपछि उहाँको मनमा विचार आयो, ‘‘घरमा मायाले पालेको निर्दोष कुकुर त विष हालेर मा रिन्छ भने सडकका अलपत्र ती अबोध पशुमाथि मानिसले कतिसम्मको अवहेलना गर्छन् होला ?’’ त्यसपछि बाटामा कुकुर देख्दा उहाँलाई आफ्नै कुकुरको सम्झना आउँथ्यो र त्यसलाई खानेकुरा खुवाउन थाल्नुभयो । जहाँ जाँदा पनि उहाँले आफनो गाडीमा खिचिरमिचिर खाने कुरा बोकेर हिँड्नुहुन्थ्यो । बाटामा भेटिने घाइते कुकुरलाई त्यसै छोडेर हिँड्न मनले मान्दैनथ्यो र बोकेर केनल क्लबसम्म उपचारका लागि पुर्याउनुहुन्थ्यो । यसरी स्नेहाले बाटाबाट उठाएर ल्याएको कुकुरले केनल क्लब नै भरिने स्थिति हुन्थ्यो ।

त्यतिबेला आफूले सयौँ कुकुरको त्यसरी उद्धार गरेको उहाँ बताउनुहुन्छ । यसरी पनि नभएपछि उहाँले आफै सेल्टर स्थापना गरेर केयरमा कुकुरको सम्पूर्ण हेरचाह गर्नथाल्नुभयो । यहाँ हाल १५५ वटा विभिन्न अवस्थाका कुकुरहरूको संरक्षण गरिएको छ । दस हजारभन्दा बढी कुकुरहरूको उपचार भएको छ । स्नेहाज केयरले हालसम्म ३० हजारभन्दा बढी कुकुरको रेबिज भ्याक्सिनेसन गरेको छ । सेल्टरमा निकै पीडादायी अवस्थाका जीवित रहेका कुकुर छन् । रोगले थलिएका र बुढ्यौली लागेपछि घरपालुवा कुकुर पनि सडकमा फालिन्छन् ।

तीनै कुकुरको उद्धार गरी स्नेहाज केयरले संरक्षण गरिरहेको छ । सेल्टरमा १७ वटा पक्षघात भएका कुकुर छन्, जसलाई ह्विल चेयरमा हिँडाइन्छ । सबै कुकुरलाई घरमा जस्तै मायाले राखिएका छन् । सबै कुकुरलाई नाम दिएर उनीहरूको मेडिकल हिस्ट्रीको अभिलेख राख्ने गरिएको छ । तर उद्धार गर्दा गर्दै कुकुर यत्ति धेरै भइसके कि अब स्नेहाज केयरको सेल्टर नै साँघुरो लाग्न थालिसकेको छ । त्यसैले कुकुर पाल्नेहरूले यसरी कुकुरलाई बेसाहारा नछोड्न उहाँ आग्रह गर्नुहुन्छ । गोरखापत्र दैनिकबाट