२ भाद्र २०८३, मंगलवार
,
Latest
जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा



बेलायतको रक्षामन्त्री जोन हेली ।
अ+ अ-

लण्डन। बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिनुभएको छ ।

उहाँले स्टार्मरलाई राजीनामा पत्रमा लेख्नुभएको छ, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।”

सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ । विभिन्न माध्यमबाट आएका सूचना अनुसार रक्षा कोष यसको लागि माग गरिएको भन्दा धेरै कम हुने बताइएको छ ।(रासस/एएफपी)