२२ असार २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग



अ+ अ-

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यका रूपमा देखाइएको भ्रामक पोस्टर सामाजिक सञ्जालमा फैलिएको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ।

बैठकमा नेकपा एमालेकी सांसद यशोदा बरालले सामाजिक सञ्जालमा अध्यक्ष ओलीलाई रास्वपाको सदस्य बनाइएको नक्कली पोस्टर व्यापक रूपमा भाइरल भइरहेको भन्दै आपत्ति जनाइन्।

उनले यस्तो गलत सूचना फैलाएर भ्रम सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यान दिन सरकारसँग आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन्।