१२ श्रावण २०८३, मंगलवार
,
Latest
पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको कामकारबाही निगरानी गर्न उपसमितिहरू प्रश्तावित गरेको हो । समितिका सभापति हरि ढकालकाअनुसार बैठकले समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय तथा निकायहरूको अनुगमन र उजुरी अध्ययनका लागि सात सदस्यीय विभिन्न उपसमितिहरू प्रश्ताव गरेको छ ।

जसअनुसार उजुरी अध्ययन उपसमितिको संयोजकमा श्रद्धा बुँवर क्षेत्रीलाई प्रश्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र रक्षा उपसमितिमा डा. अमरेश कुमार सिंह (संयोजक), गृह उपसमिति, दीपकराज बोहरा (संयोजक), भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला उपसमितिमा कमल सुवेदी (संयोजक), संवैधानिक आयोग उपसमिति सुरेन्द्र चौधरी (संयोजक) प्रश्ताव गरिएको छ । यी उपसमितिहरूमा सबै दलको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न बाँकी सदस्यहरूको नाम उपलब्ध गराउन सभापति ढकालले राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

समितिको बैठक सञ्चालन कार्यविधि मस्यौदा समितिलाई शुरुमा एक हप्ताको समय दिइएको भएपनि सदस्यहरूको कार्यव्यस्तता र महाधिवेशन लगायतका कारणले उक्त अवधिलाई १५ दिन पु¥याइएको छ । परिपक्व र व्यवस्थित कार्यविधि निर्माणका लागि समय थप गरिएको सभापतिले जानकारी दिनुभयो ।

आर्थिक वर्षको अन्त्य र बजेट अधिवेशनको चापका बीच समितिले आफ्नो कार्यक्षेत्रभित्रका निकायहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयहरू र विभिन्न जिल्लाका कारागारहरूको अवस्था अध्ययन गर्न टोली खटाइने भएको छ ।

अनुगमनका लागि धनुषा, झुम्का (सुनसरी), बाँके, बर्दिया, कैलाली र भीमफेदी (मकवानपुर) का कारागार तथा सम्बन्धित क्षेत्रका अख्तियार कार्यालयहरू छनोट गरिएको छ । प्रत्येक अनुगमन टोलीमा बढीमा ५ जना समिति सदस्य र २ जना कर्मचारी रहने गरी ७ सदस्यीय टोली गठन गर्ने जिम्मेवारी सभापतिलाई दिइएको छ ।

छलफलका क्रममा केही सदस्यहरूले उपसमितिहरूको नेतृत्व चयन गर्दा सत्तापक्ष र प्रतिपक्षको सन्तुलन मिलाउनुपर्ने तथा सुशासन कायम गर्न अर्थ मन्त्रालयसँग जोडिएका समसामयिक विषयमा पनि समितिले ध्यान दिनुपर्ने धारणा राखेका थिए । जवाफमा सभापति ढकालले उठेका विषयहरूमा आफ्नो ध्यानाकर्षण भएको र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सम्बन्धित समितिमा पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।