• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

तपाईंको ओठ कस्तो छ ? आकारबाट थाहा हुन्छ तपाईको भाग्य



काठमाडौं । शरीका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ ।

दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ ।

दुबै ओठ मोटो : यस्तो व्यक्ति बढि बोल्ने हुन्छ । उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ । साथै धेरै खाना खाने स्वभावको हुन्छ ।

दुबै ओठ पातलो : यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ ।

माथीको ओठ ठुलो : यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।

तल्लो ओठ ठुलो : यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन । अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन ।

रक्तिम ओठ : शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ । यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन । उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन ।

कालो ओठ : यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन ।