• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

यी ७ कुरालाई कहिल्यै शंका नगर्नुस्, महापाप लाग्ने छ



काठमाडौं । भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन । नीति श्लोक भन्छः देवे तीर्थे द्विजे मंत्रे दैवज्ञे भेषजे गुरौ। याद्रशी भावना यस्य सिद्धिर्भवति ताद्रशी ।

१ तीर्थः तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ ।यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् । तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।

२ मन्त्रः देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।

३ ब्राम्हणः शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।

४ ज्योतिषीः कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन ।यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने श्रद्धापूर्वक जानुस् । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ ।

५ चिकित्सकः भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।

६ गुरुः जीवनमा सफलता पाउनका लागि गुरुको आवश्यकता हुन्छ । गुरुलाई संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ । श्रेष्ठ गुरु पाउन कठिन छ । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने सँधै विश्वास गर्नुस् ।

७ देवताः देवताको विषयमा मनिसका अनेक अनेक सोंच हुन्छन् । तर कहिले काँहि आफूले सोंचेको कुरा नहुँदा र आपत विपद आइपर्दा मानिसहर देवता नभएको भन्ने गर्छन् । तर देवताप्रति अविश्वास पनि पाप मानिएको छ । किन भने आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ ।

तसर्थ माथि उल्लेख गरिएका यी ७ कुरामा कहिल्यै पनि अविश्वास नगर्नुस् ।