• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

पुरुषले बीर्य बेचेर नेपालमै बन्नुहोस करोडपति ! यसरि बेच्न सकिन्छ….



काठमाडौं । नेपालमा वीर्य बेच्ने पुरुष नभेटेपछि काठमाण्डौका केही अस्पतालमा सुरु भएको डोनरमार्फत गरिने गर्भाधान सेवा ब’न्द भएको छ । निसन्तान दम्पतीका लागी डोनरमार्फत वी’र्य लिएर सन्तान सुख प्रदान गर्ने उदेश्यले १३ वर्षअघिदेखि सञ्चालित यो सेवा वीर्य अभावकै कारण केही अस्पतालमा ब’न्द भएको हो । विदेशमा एजेन्सीमार्फत वीर्यको खरिद गरेर क्लिनिकहरूले प्रदान गर्ने यो सेवा निक्कै लोकप्रिय छ । महिला पुरुषमा देखिने बाँ’झोपनाजस्तो असाधरण रोगका कारण सन्तान सुखबाट वञ्चितले यसको लाभ लिने गरेका छन् । नेपालमा पनि १३ वर्ष पहिला ओम नर्सिङ होम एण्ड रिसर्च सेन्टरले थालेको टेष्टटुयूब बेबी सेवा अहिले काठमाण्डौका दर्जन बढी अस्पतालले दिँदै आएका छन् ।यो प्रविधिमा दम्पतीकै वीर्यलाई कृत्रिम गर्भाधान प्रक्रियामार्फत महिलाको पा’ठेघरमा राखेर बच्चा जन्माउने गरिन्छ । तर यही प्रविधिको डोनरमार्फत वी’र्य लिएर गरिने गर्भाधान सेवा पति वा पत्नीको वी’र्य नभएका अवस्थामा डोनरको वी’र्य मार्फत हुन्छ । तर अस्पतालमा भने वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव भएपछि सेवा बन्द गरेको भेनस अस्पतालकी प्रबन्ध निर्देशक मनीषा ढकाल बताउछिन । माग अनुसारको वीर्य र डिम्बको खरिद गर्न नपाउँदा भेनस अस्पतालले डोनरको वी’र्य मार्फत हुने टेष्टटयूब बेबी सेवा अहिले पूर्णता बन्द गरेको छ । अन्य अस्पतालले समेत प्रशस्त वीर्य डोनरको अभावमा माग अनुसारको सेवा दिन सकेका छैनन् । अहिले नेपालका करिब एक दर्जन जति अस्पतालमा टेस्ट्युब बेबी सेवा उपलब्ध छ । यसका लागी आवश्यक दम्पतीको वीर्य काम नलाग्ने अवस्थामा डोनरमार्फत वीर्य किनेर गर्भाधान हुने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निक्कै माग भएको यो सेवाका लागी एजेन्सीहरूले वीर्य र डिम्बको खरिद बिक्री गराउने काममा सक्रिय छन् । तर नेपालमा अस्पतालमा सेवा लिन आउने ग्राहक भए पनि वीर्य र डिम्बको अभाव भएपछि कतिपय दम्पतीलाई फर्काउनुपरेको भेनस अस्पतालकी डा.अनुपमा सुवाल बताउछिन । ।सुवालका अनुसार अहिले बजारमा पुरुष शुक्रकीटको भन्दा महिलाको डिम्बको मूल्य चर्को छ । तुलनात्मक रूपमा महिला भन्दा पुरुष डोनर खोज्न केही सहज भएकाले एउटा ग’र्भाधानमा प्रयोग हुने शु’क्रकीटको मूल्य ७ देखी १० हजार मात्रै छ । तर महिलाको डिम्बको मूल्य एउटा गर्भाधान प्रक्रियाका लागी पचासदेखि सत्तरी हजारसम्म पर्ने गरेको छ । सुवालको अनुभवमा अस्पतालमा वीर्य बेच्न धेरैजसो विद्यार्थी आउने गरेका छन् भने डिम्ब बेच्ने अधिकांश महिला विवाहित र सन्तानको इच्छा पुरा भइसकेका हुन्छन् ।

यसरी वीर्य’ खरिद गर्दा तौल राम्रो भएको , शारीरिक रूपमा तन्दुरुस्त, अग्लो, पढेको र गोरो मानिस छनौटमा पर्ने सुवाल बताउछिन । यो सेवा दिने अस्पतालहरूले फ्रेस र फ्रोजन दुवै वीर्यको प्रयोग गर्ने गरेका छन् । प्रायजसो मागअनुसार फ्रेस वी’र्यलाई प्रयोग गर्न उत्तम हुने भए पनि कहिलेकाहीँ वीर्य बैङ्कमा राखेर मागअनुसार फ्रोजन वीर्यमार्फत गर्भाधान हुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउछन । बाँझोपना एक जटिल रोग भए पनि सरकारले यसलाई प्राथामिकतामा नराखेका कारण अहिलेपनि नेपालका १३ प्रतिशत दम्पती यो सेवाबाट वञ्चित छन् । महँगो शुल्क जनचेतनाको अभाव र थोरै अस्पतालबाट मात्रै सेवा उपलब्ध हुँदा आम नेपालीको पहुँचमा अझै पुग्न नसकेको उनको तर्क छ । चाखलाग्दो विषय त यो छ पछिल्लो समय यी अस्पतालमा विदेशमा बस्ने पुरुषले छोटो छुट्टीमा आउँदा अस्पताललाई वीर्य दिने र महिला गर्भाधारणका लागी तयार हुँदा श्रीमानबिनै गर्भाधान गराउने चलन समेत बढेको छ । यसबाहेक ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुले आफूलाई अनुकूल हुने समयको वीर्य निकालेर शास्त्रमा उल्लिखित सही तिथि मितिमा गर्भाधान गराउँदा जन्मिने बच्चाको भाग्य बलियो हुने मान्याताले समेत यो सेवा लिन अस्पताल पुग्ने गरेका छन् ।टिभी अन्नपूर्ण