२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा बोल्दै नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै नेता थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गर्नुभयो । उहाँले प्रधानमन्त्रीको कार्यशैलीले मुलुकलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो ।

सम्बोधनका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको भनाइलाई उद्धृत गर्दै नेपालको वर्तमान शासन व्यवस्था र शासकहरूको कार्यशैली ‘पाकिस्तानी मोडेल’ तर्फ उन्मुख हुन लागेको हो कि भन्ने गम्भीर आशङ्का उब्जिएको उल्लेख गर्नुभयो । नेता थापाले संसद्मा विद्यमान गतिरोध अन्त्यका लागि तीनवटा सर्त अघि सार्नुभएको छ ।

उहाँकाअनुसार प्रधानमन्त्रीले रोष्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष जारी रहने नेता थापाले स्पष्ट पार्नुभयो ।




भर्खरै