४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका अध्यक्षद्वय ‘वान टु वान’ भेटवार्तामा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो ।

भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा दुई अध्यक्षबीचको कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।

ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार केही समयअघि सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । तर प्रधानमन्त्री ओलीले आफुहरुबीच दुरी नबढेको दावी पनि गरेका थिए । त्यस्तै, अध्यष प्रचण्डले पनि यसलाई ‘हल्ला’ को संज्ञा मात्र दिएका थिए ।