२ भाद्र २०८३, मंगलवार
,
Latest
जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु



अ+ अ-

काबुल। पूर्वी अफगानिस्तानमा एक व्यक्तिले पुरानो विस्फोटक सामग्री चलाउने क्रममा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्माल जिल्ला मा सोमबार साँझ भएको घटनामा पाँच बालबालिका, उक्त व्यक्ति र अर्का एक वयस्कको ज्यान गएको हो ।

स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले विस्फोटक सामग्रीबाट केही निकालेर बेच्ने प्रयास गरिरहेका थिए। त्यही क्रममा अचानक विस्फोट भएको थियो। विस्फोट हुँदा उनका बालबालिकासमेत नजिकै रहेका थिए ।

विस्फोटपछि घटनास्थलमा पुगेका स्थानीयले पीडितहरूको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् । घटनामा केही अन्य व्यक्ति पनि घाइते भएका छन् ।

दशकौँदेखि युद्ध र द्वन्द्वका कारण अफगानिस्तानका विभिन्न क्षेत्रमा यस्ता खतरनाक विस्फोटक सामग्रीहरू अझै बाँकी रहेका छन् ।(रासस/एएफपी)