• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

पूर्वपतिसँग बच्चा जन्माउन पाऊँ भन्दै पर्यो अदालतमा मुद्दा



काठमाडौं । वैवाहिक जीवनमा खटपट उत्पन्न भएपछि सामान्यतया मानिसहरु सम्बन्धविच्छेदको निष्कर्षमा पुग्छन् र पुरानो सम्बन्धबाट टाढिन्छन् ।

सम्बन्धविच्छेदपछि पूर्वपति र पत्नीबीच औपचारिक सम्बन्ध रहँदैन । तर, भारतको मुम्बईस्थित पारिपारिक अदालतमा आएको एउटा मुद्दाले भने सबैलाई चकित बनाएको छ ।

पतिसँग सम्बन्ध विच्छेद गरेर अलग रहेकी एक महिलाले आफ्ना पूर्वपतिसँग दोस्रो बच्चा जन्माउन पाऊँ भन्दै अदालतको ढोका ढक्ढक्याएकी छन् । उनी अदालतमा बच्चा जन्माउन पाउँ भन्दै मुद्दा हाल्दा सम्म पनि उनीहरुको सम्बन्ध बिच्छेदको कानुनी लडाइँ जारी थियो ।

सोही क्रममा उनले अदालतसामू यस्तो प्रस्ताव राखेर सबैलाई चकित पारेकी हुन् । ३५ वर्षीया ती महिलाले आफू आमा बन्ने उमेर सकिनुअघि थप एक बच्चाको आमा हुने चाहना रहेको भन्दै यस्तो माग राखेकी हुन् ।

जसका लागि उनले अलग रहेका पतिसँग सम्बन्ध बनाएर वा इनभिट्रो फर्टिलाइजेसन अर्थात आईभीएफ (अन्डा निकालेर शुक्राणुसँग सम्पर्क गराई गर्भधारण गराउने प्रक्रिया) का माध्यमबाट आमा बन्न अनुमति मागेकी हुन् । अदालतले निजी स्वायत्तता र प्रजनन स्वास्थ्यबारे अन्तर्राष्ट्रिय कानुन र सन्धिको हवाला दिँदै पत्नीको प्रजनन अधिकारलाई मानवको मूलभूत अधिकार बताएको छ ।

त्यसपछि अदालतले महिलालाई म्यारिज काउन्सिलरसँग गएर सल्लाह लिएर एक महिनापछि आईभीएफ विशेषज्ञसँग कुराकानी गर्न निर्देशन दिएको छ । आफ्नो आदेशमा नान्देड पारिवारिक अदालतका न्यायाधीस स्वाती चौहानले प्रविधिको सहयोगमा बच्चा जन्माउनु कानुन, लिखित वा अलिखित सामानिक मानकको उल्लंघन नभएको बताएकी छन् ।

महिलाका पतिले भने यो निवेदनलाई अवैध र षढयन्त्र भन्दै आपत्ति जनाएका थिए । महिलाले पतिलाई आफ्नो वीर्यदान गर्न आग्रह गरेकी थिइन् । सम्बन्ध बिच्छेदको तयारीमा रहेका दुवै जनाका एक जना बच्चा रहेका छन् । महिलाले बच्चाको पालनपोषणका लागि पतिसँग पैसा माग गरेको भएपनि महिला आफै रोजगारी गर्ने भन्दै उनको मागलाई भने अस्वीकार गरिदिएको थियो ।