१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली

‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
अ अ+ अ-

काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र सांस्कृतिक कार्यक्रम सञ्चालन सम्ममा अग्रसर देखिन्छन् ।

नयाँ मानिससँग बोल्न हिच्किचाउने महिला अहिले निर्धक्कसँग आफ्नो गाउँ, संस्कृति र जीवनशैलीबारे जानकारी गराउन सक्ने भएका छन् । पिप्रहर सामुदायिक होमस्टेमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । स्थानीय थारू संस्कृति, परम्परागत खानपान, प्राकृतिक वातावरण र ग्रामीण जीवन नजिकबाट अनुभव गर्न चाहने पर्यटक यहाँ पुग्ने गरेका छन् ।

होमस्टे सञ्चालनको अधिकांश जिम्मेवारी महिलाकै काँधमा छ । पाहुनालाई स्वागत गर्ने, परिकार तयार गर्ने, सांस्कृतिक नृत्य प्रस्तुत गर्ने र सरसफाइ व्यवस्थापनजस्ता काम महिलाले नै सम्हालिरहेका छन् । त्यस्ता कार्यमा पुरुषले सहयोग भए पनि नेतृत्व तहमा भने महिलाकै सक्रियता पाइन्छ । स्थानीय चन्द्रामाया महतो होमस्टे सुरु भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ ।

“पहिले खेतीपातीको आम्दानीमै भर पर्नुपथ्र्यो । खर्च धान्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले होमस्टेमा पाहुना आउँछन्, सेवा गरेबापत आम्दानी हुन्छ । घरखर्च चलाउन सहज भएको छ ।” होमस्टेले महिलालाई आर्थिक रूपमा मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनाएको स्थानीयको भनाइ छ ।

परिवार र समाजबाट प्रोत्साहन पाएपछि महिला नेतृत्व तहमा पुग्न सक्षम भएको अनुभव उनीहरूले सुनाउँछन् । पिप्रहरमा आउने पर्यटकका लागि स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य मुख्य आकर्षण बनेको पिप्रहर सामुदायिक होस्टेका अध्यक्ष सोमनाथ महतोले बताउनुभयो । “यहाँ आउने पाहुनाले गाउँको मौलिक संस्कृति र घरमै बसेजस्तो अनुभव पाउँछन्”, उहाँले भन्नुभयो, “नारायणी नदी आसपासको मध्यवर्ती क्षेत्रमा जिप सफारीमार्फत गैँडा, हरिण, मृग, बँदेल, गोही र विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।”

उहाँका अनुसार जङ्गली जनावरका कारण स्थानीयले भोग्ने समस्या पनि अहिले पर्यटकीय आकर्षणमा बदलिन थालेको छ । गाउँबस्ती नजिक आउने वन्यजन्तु अवलोकन गर्न पर्यटक उत्साहित हुने गरेका छन् । होमस्टेले महिलाको आत्मनिर्भरता र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

“पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गाउँकै विकासमा महिलाको भूमिका बढेको छ ।”

विसं २०७२ मा पाँच घरबाट सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टे अहिले विस्तार भएर २२ घरमा पुगेको छ । होमस्टेसँगै स्थानीय उत्पादन, थारू परिकार र सांस्कृतिक कार्यक्रमले बजार पाउन थालेको छ । ग्रामीण पर्यटनसँगै महिलाको नेतृत्व र आर्थिक सशक्तीकरणको उदाहरण बनेको पिप्रहर सामुदायिक होमस्टे अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहिचान बन्दै गएको छ ।