३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित



अ+ अ-

काठमाडाैँ । यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै मधेस प्रदेश विजयी भएको छ । यो हारसँगै कर्णालीे लगातार दोस्रोपटक पराजित भएको छ भने मधेसले लगातार दोस्रोपटक जित दर्ता गराएको हो ।

सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधिको बलियो दाबेदार बनेको छ । आज कालुङचोक मैदानमा भएको कर्णालीविरुद्धको खेलमा मधेसले नौ विकेटको फराकिलो अन्तरले जित हासिल गरेको हो ।

पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै चार अङ्क जोडेको छ । पहिले ब्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो । मधेसले यो लक्ष्य नौ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । घरेलु मैदानमा कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडिन् ।

कर्णालीकी ओपनर सरिता विष्टले पहिलो ओभरमा एक रन जोड्दै आउट भएपछि दोस्रो ओभरमा ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमा आउट भइन् । कर्णालीका लागि तिर्सना र उमाले १०२ रनको सम्मानजनक योग बनाएका हुन् । अर्धशतक पूरा गर्नबाट एक रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा तीन चौकासहित ४९ रन बनाइन् ।

उमाले ३३ बलमा चार चोकासहित २९ रन जोडिन् । जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौँ ओभरसम्म साझेदारी गरी जित सुनिश्चित गरेका हुन् । पहिलो खेलमा अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा नौ चौका तथा अलिशाले ३३ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बटुलेर जितको आधार तयार परेका हुन् ।

आजै वीरेन्द्रनगरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई आठ विकेट पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । लुम्बिनीका अरु ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

एकतीस (३१) रन अतिरिक्त खर्चिँदै कमजोर बलिङ प्रर्दशन गरेको सुदूरका लागि ओपनरले जितका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बनाए । पैतालीस बलको सामना गरेकी ‘प्लयेर अफ दी म्याच’ सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन् भने करुणा विष्टले चार चौकासहित ४० बलमा ४५ रन बटुलिन् । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा कोशीमाथि ८९ रनको जितसहित प्रतियो